बारा , जेठ १३ गते मंगलवार । कोरोना भाइरसको महामारीका कारण हातमुख जोड्न गाह्रो भइरहेका बेला कोल्हबी नगरपालिका वडा नम्बर -११ स्थित रामपुर्वाका सर्वसाधरण झन् विपदमा परेका छन्। राति आएको हावाहुरीले रामपुर्वाका ३४ घरमा क्षति पुगेको छ।

हावाहुरीले रामपुर्वाको सानो टोलमा दलित तथा मजदुरका घरका छाना उडाएको छ। केहीको घर नै भत्काएको छ।
हुरीले पाँच वटा बिजुलीको पोल ढाल्दा कोल्हबी नगरपालिकालगायत आसपासका क्षेत्रहरुमा बिजुली सेवा अवरुद्ध भएको छ। विद्युत नहुँदा सञ्चार उपकरण र विद्युतबाट हुने काम ठप्प भएको छ।


















