सप्तरी,जेठ ३ गते सनिवार । लकडाउनकै बेला खडक नगरपालिकामा एक जनप्रतिनिधि बेपत्ता भएकी छिन् ।
नगरपालिकाको वडा नं.११ की महिला वडा सदस्य दुर्गाकुमारी साह डेढ महिनादेखि बेपत्ता भएकी छिन् ।
उनी लकडाउन शुरु हुनु केही दिनदेखि परिवार र अन्य जनप्रतिनिधिको सम्पर्कमा नआएको वडाध्यक्ष रामकृष्ण चौधरीले जानकारी दिएका छन् । उनले प्रयोग गर्ने मोबाइल नलाग्ने अवस्थमा रहेको वडा अध्यक्ष चौधरीले बताए । एक वर्षअघि सम्वन्धविच्छेद गरेकी उनी त्यसपछि बाहिर–बाहिरै बस्दै आएकी थिइन् ।
उनका ४ छोरी छन् । २० वर्षीया रंजना र २० वर्षीया रविनाको विवाह भएको छ । ६ वर्षीया गुडिया र ८ वर्षीया सीता भने बुबा देवीलालसँगै बस्दै आएकी छन् । परिवारका सदस्यले उनको खोजी गर्न प्रहरीमा निवेदनसमेत दिएका छन् ।

















