बीरगंज- बैशाख ३० गते.
स्थानीय रुपमा तोकिएको मापदण्ड बिपरित सीमरामा जगदम्बा स्टिल्सले लकडाउनको बेला कम्पनि सॅचालन गरेको स्थानीयबासीले आरोप लगाएका छन ।
कम्पनी प्रशासन, स्थानीय सरकार, सुरक्षा निकाय , विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थान्ीय बासिन्दाहरुबिच भएको सहमतिको उधोगले ठाडो उल्लंघन गरेको स्थानीयको भनाई छ ।
कोरोना भाइरसको संक्रमणको महामारीकोबेला उचित स्वास्थ्य सुरक्षा जाँच प्रणाली नअपनाइ कम्पनि सॅचालन गरेको पाइएको हो।
सरकारले तोकेको सुरक्षा प्रणाली नअपनाइ कम्पनि सॅचालन गर्दा सिमरा क्षेत्रमा जोखिम बढेको दुर्गानगर टोलसुधार समितिका अध्यक्ष बसन्त ढकालले बताउनु भयो ।
प्रदुषण रोकथामका विषयमा पनि बारम्बार वार्ता गरि समझदारी गर्ने तर कार्यान्यवन नगर्ने जगदम्बा स्टिल्सले अति संवेदनशिल स्वास्थ सॅग जोडिएको यो भयाभह अवस्थामा पनि हेलचेक्र्याइ गर्नु चिन्ताको बिषय रहेको स्थानीय युवा मनिष प्याकुरेलले बताउनु भयो।
सीमरा आफैमा जोखिमपूर्ण क्षेत्र हो उधोगमा बीरगंजदेखी मजदुर जाने भएकोले सुरक्षा प्रवन्ध नगरिनु चिन्ताको बिषय भएको छ । । सरकारले तोकेको सुरक्षा प्रणाली र मापदण्ड पुरा गरेर कम्पनी सॅचालन गरे आफुहरुलाई कुनै आपत्ति नरहेको दुर्गानगर टोल समितिका सदस्य लेख बहादुर श्रेष्ठको भनाइ छ ।
जनस्वास्थ्य माथि गम्भिर खेलबाड हुन नदिन र यो विषयमा सरकारको तुरुन्त ध्यानाकर्षण होस् भन्ने स्थानीयको माँग छ । अन्यथा कडा प्रतिकारमा उत्रने स्थानिय ईश्वर थपलियाले चेतावनी दिनुभयो ।
त्यसैगरी सिमरामारहेको हुलास स्टिल र सूर्य नेपाल पनि सरकारले तोकेको मापदण्ड विपरित संचालनमा आएको छ । यसले त्रास बढाएको स्थानीयले बताएका छन् ।
जीतपुरसिमरा भित्र दुईजनामा संक्रमण देखिएको अवस्थामा सरकारले तोकेको मापदण्ड विपरीत उद्योग सञ्चालनमा आएको स्थानीयले गुनासो गरेको जीतपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले बताउनुभयो ।
सरकारी मापदण्ड विपरित कुनैपनि उद्योगलाई सञ्चालन हुन नदिने र जबरजस्ती सञ्चालन गरिए सरोकार समितिले प्रतिवाद गर्ने उहाँले चेतावनी दिनुभयो ।
देश अहिले कोरोनाभाइरसका कारण आक्रान्त छ करिब ४५ दिनसम्म नागरिक लकडाउनको अवस्थामा घरमा बसेका छन् । बढदो जोखिमको अवस्थामा पनि मापदण्डविपरीत उद्योग सञ्चालन गरे हामी प्रतिबाद गर्छौ । त्यसका लागि तत्काल सरोकार समितिको बैठक बसि आधिकारिक निर्णय गरिने संयोजक पौडेलले जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !