आलोक यादव काठमाडौं , जेठ १४ गते बुधबार । संगठनका सयौं अधिकृतको वृत्ति विकास पेचिलो बन्दै
नेपाल आजका मितिसम्म लकडाउनमा छ । यसलाई पूर्ण रुपमा पालना गराउन र आम जनताको स्वास्थ्य रक्षार्थ यति खेर सयौं स्वास्थ्यकर्मी र हजारौं सुरक्षाकर्मी अग्रपक्तिमा रहेर रातदिन खटिएका छन् ।


आन्तरिक रुपमा लकडाउन कार्यान्वयन सँगै हुन सक्ने अवान्छित गतिविधि त छदै छ त्यसमाथि सीमानालाई व्यवस्थीत गर्न कम चुनौतिपूर्ण छैन । यहि चुनौतिलाई यति खेर सशस्त्र प्रहरी बल दुरुस्तीकासाथ सहज ढंगले व्यवस्थापन गरिरहेको आभाष भएको छ ।आज सशस्त्र प्रहरि सिमा ब्यबस्थित बनाउन अहोरात्र परिचालित छ ।
जन्मदा नै आन्तरिक द्बन्द्बको सामना गर्दै स्थापित यो फौजले आफ्ना १९ वर्ष अर्थात् “टिन एज” मा रहँदा नै चुनौतिका बावजुद आफूलाई एक सक्षम र उत्कृष्ठ संगठनको रुपमा उभ्याउन सफल भएको छ । पक्षपात नगरि भन्ने हो भने र थुप्रै तथ्यहरुलाई सुक्ष्म ढंगले हेर्ने हो भने सशस्त्र प्रहरीले उसलाई दिइएको जिम्मेवारी र पुरा गरेको कर्तव्य हेर्दा नतमस्तक भएर त्यसका प्रत्येक सदस्यहरु प्रति श्रद्बा जागेर आउँछ ।
स्थापनाको आधा दशक आन्तरिक द्बन्द्ब नियन्त्रणमा अग्रपंक्तिमा रहेको त्यो संगठनले त्यस पछिका वर्षमा सीमा सुरक्षा¸ विपद् व्यवस्थापन ¸ भि.आई.पि. सुरक्षा लगायतका जिम्मेवारीमा आफूलाई अब्बल र सक्षम प्रमाणित गरिसकेको छ । जम्मा ३७ हजार जनशक्तिले ७७ वटै जिल्लामा उपस्थित भएर पूरा गरेको जिम्मेवारी र छोटो समयमा गरेको प्रगति पक्कैज पनि हामि सारा नेपाली र नेपालको लागि गौरब गर्न लायक क्षण हो ।
तर यति हुँदा हुँदै पनि भिडन्त गर्दै जन्मिएको एउटा फौज माथि पटक-पटक बदनामि गराउने र कमजोर बनाउने दुस्प्रयास नभएको होइन । लोकमान सिंह कार्कीको व्यक्तिगत स्वार्थमा सशस्त्र माथि गरिएको घिनलाग्दो हर्कत यसको ज्वलन्त उदाहरण हो । व्यक्तिगत स्वार्थमा डुवेर कार्कीले एउटा संगठन माथि जुन ढंगले धावा बोले र कर्तव्य पथमा दत्त चित्त फौजलाई तहस-नहस बनाउने कुचेस्टा गरियो यो एउटा अक्षम्य अपराध हो । भ्रष्टाचारको डण्डा चलाएर सशस्त्रलाई “ड्यामेज” गर्ने कुटिल चाल सम्मानित अदालतको आदेशबाट उल्टिएको छ । जसले कार्कीहरुको व्यक्तिगत स्वार्थ र सपना चकनाचुर भयो ।
व्यक्ति मात्र होइन सशस्त्र प्रहरीले गरेको मेहनत¸ त्याग र पूरा गरेको जिम्मेवारीबाट कोही समूहलाई तनाव भएको हुनुपर्छ जसको परिणाम पटक-पटक संस्थाका विरुद्ब अनर्गल प्रचार गर्ने र सरकारी तहसम्म भ्रम श्रृजना गरेर एउटा फौजको “मोराल”मा असर पुर्यााउने दुषित प्रयास पनि हुने गरेका छन् । तर ७७ जिल्लामा उपस्थिती ¸ उत्तर तर्फको बोर्डर आउट पोष्ट स्थापना त्यसमा पनि दार्चुलाको छाङ्ग्रुसम्म आफ्नो उपस्थिती देखाएर राष्ट्रिय एकता¸ मुलुक प्रतिको जिम्मेवारी र कर्तव्य वर्तमान नेतृत्वले अव्वल ढंगले पुरा गरेको छ । यस अर्थमा दुरदर्शी सोच भएका अहिलेका आईजिपी शैलेन्द्र खनाल धन्यवादका पात्र हुन् ।
उत्कृष्ट र असल नेतृत्वको उदाहरण प्रस्तुत गरेका खनालले संगठनलाई चुस्त दुरुस्त बनाउन सफल भएका छन् । राम्रोलाई राम्रो भन्न सक्नुपर्छ । यसको श्रेय वर्तमान नेतृत्वलाई जान्छ । र जहाँ-जहाँ सशस्त्र प्रहरी खटिएको छ त्यहाँ-त्यहाँ उत्कृष्ट कार्य गर्न सफल भएको छ । भन्सार तथा औद्योगीक सुरक्षामा खटिएर राजश्व संकलनमा उत्कृष्ट कार्य गरेको छ भने वेरुजु फर्छ्यौटमा अहिले सम्मकै सबैभन्दा राम्रो कार्य गरे बापत नेपाल सरकारबाट वर्तमान आईजिपी पुरस्कृत समेत भएका छन् । यो उनको अर्को उत्कृष्ट कार्य हो
विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले पुर्याेएको योगदानको चर्चा गरिरहनु पर्ने जरुरी छैन¸ जसको प्रत्यक्ष साक्षी ३ करोड जनता छन् ।




२०७२ को भूकम्प होस् वा वर्षाको बाढि पहिरो¸ आगलागी होस् वा नदिमा डुवेर वेपत्ताहरुको उद्बार यी सवै कार्यमा सशस्त्र प्रहरीले देखाएको अदम्य साहस र बहादुरीलाई बधाई दिन कन्ज्यूस्याई गर्नु हुँदैन । यहि कामको परिणाम नेपाल सरकारले वि.ओ.पि. संख्या ५ सय पुर्यााउने घोषणा गरिसकेको छ । यसको लागि तत्काल आवश्यक पर्ने करिव १० हजार नयाँ जनशक्तिको दरबन्दि कुनै हालतमा बढाइनु पर्छ । यो केवल एउटा संगठनको लागि होइन समग्र मुलुक र आम जनताको लागि हो ।
आज थोरै जनशक्तिले नेपाल भारतको १८८० कि.मी. खुल्ला सीमानालाई जुन ढंगले व्यवस्थापन गर्न सशस्त्र प्रहरी सक्षम देखिएको छ¸ यसले प्रमाणित गरिदिएको छ सशस्त्र प्रहरीको जिम्मेवारी । यति भईसके पछि थप जनशक्ति¸ अत्याधुनिक हातहतियार¸ श्रोत साधनले मुलुकको एकमात्र अर्ध सैनिक प्रकृतिको संगठनलाई सु-सज्जित गर्न ढिला भइसक्यो । यो तर्फ सम्बन्धित निकायको ध्यान जानु जरूरी छ । अहिलेकै कुरा गर्ने हो भने तराईको प्रचण्ड गर्मी¸ पाल मुनीको बास¸ सर्प¸ विच्छिको डर हावाहुरी आए पाल समातेर बस्नु पर्ने बाध्यता¸ भोक प्यास र विषम परिस्थितीमा खटिएका ति राष्ट्रसेवकहरुको मनोबल उच्च राख्नो पर्ने समय हो यो । यस्तो समयमा समेत दोष दिने र तिल जस्तो कमजोरिलाई पहाड बनाउने नकारात्मक टिकाटिप्पणी केवल व्यक्तिगत कुण्ठा मात्रै हुन् । जुन ढंगले अहिले सशस्त्र प्रहरीले खुल्ला बोर्डरमा २४ सै घण्टा पहरा दिएको छ¸ ति जवानहरुको आत्मा माथि घात गर्ने र ठेस पुर्या उने कार्य कुनै हालतमा राम्रो हुदै होइन ।
एकातिर यो अप्ठेरो विच सहज ढंगले राज्यबाट प्राप्त जिम्मेवारी अविचलित भई उच्च मनोबलका साथ पुरा गरि रहेको छ भने सीमामा खटिएको सशस्त्र प्रहरी माथि झण्डै एक दर्जन पटक भौतिक आक्रमणको प्रयास समेत भएका छन् । यि सबै समस्याका बिच सशस्त्र प्रहरीको कार्य सम्पादन उत्कृष्ट छ । ।
थुप्रै समस्याका बिच त्यो फौज गुज्रि रहेको छ त्यसतर्फ कसैको ध्यान नजाने तर नेतृत्व र त्यस भन्दा तलका राष्ट्र सेवकहरुलाई दोषारोपण गर्ने छोटो मानसिकता कसैले गर्न हुँदैन । सिमित श्रोत¸ साधन¸ न्यून जनशक्ति¸ टहराको बास¸ यि आदि समस्याका बावजुद पनि गरिरहेको उत्कृष्ठ कार्यको मुक्तकण्ठले प्रसंसा गर्नुपर्ने बेला हो यो । त्यस संगठनका सयौं अधिकृतको वृत्ति विकास अहिले पेचिलोब बन्दै गएको छ¸ यसतर्फ समेत सम्बन्धित निकायले ध्यान दिने नै छ । राज्यले आवश्यकता अनुसार फौजको उपस्थिती र संख्या बढाउने हो



















