काठमाडौं ,जेठ ३ गते सनिवार । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को अध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत रहेका पुस्प कमल दाहाल (प्रचण्ड ) को सचिवालयले छुटेको भूमि समेत समावेश गरी नेपालको नक्सा जारी गरिने प्रतिवद्धता पार्टीको दबावमा आएको स्पष्ट पारेको छ ।
राष्ट्रपतिको घोषणासँगै प्रचण्डको सचिवालयमा रहेको गंगा दाहालले लेखेकी छिन्, ‘गत नेकपा केन्द्रीय समितिको बैठकद्वारा कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नेपालको नयँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो भने आज जेठ २ गते बिहान नेकपाको आकस्मिक बसेको सचिवालयको बैठकद्वारा पनि नेपालको भुभाग कालापानी लिपुलेक र लिम्पियाधुरासहितको नयँ नक्सा सार्वजनिक गर्ने निर्णयसहित सरकारलाई सुझाव दिएको थियो ।’
उनले पार्टीको सुझाव कार्यान्वयन गरेकोमा सरकारलाई धन्यवाद व्यक्त गरेकी छिन् ।
राष्ट्रपति विद्या भण्डारीले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता प्रस्तुत गरिएको छ ।
संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख गरेका छन ।


















