जन प्रभाब-सम्बादाता / २०७७ बैशाख १५ गते .
काठमाडौं । गृहमन्त्रालयले लकडाउनमा पास नभएका सवारी साधनलाई पूर्णरुपमा नियन्त्रण गर्न निर्देशन दिएको छ । सोमारबार जनपद प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई तत्काल त्यस्ता सवारी साधलाई पूर्ण रुपमा नियन्त्रणमा लिन निर्देशन दिएको हो ।
विज्ञप्तिमा विगत केही दिनदेखि सवारी पास विनाका सवारी साधनहरुको आवागमन भैरहेको जानकारी प्राप्त भएको जनाउँदै सवारी साधन अनुमतिपत्र सम्बन्धी कार्यविधि २०७६ बमोजिम सवारी पास जारी गरी पास प्राप्त गरेका सवारी साधनलाई मात्र चल्न निर्देशन दिइएको छ ।


















