जन प्रभाब-सम्बादाता / २०७७ बैशाख १३ गते .
सिरहा । लकडाउनलाई प्रभावकारी बनाउन प्रहरीको भुमिका महत्वपूर्ण देखिएको छ । छिटफुट घट्नामा प्रहरी विवादित बनेपनि सरकारले घोषणा गरेको लकडाउनलाई सफल बनाउन नेपाल प्रहरीले महत्वपूर्ण भुमिका खेलेको चर्चा आइरहेका छन् ।
सिरहामा अहिलेसम्म लकडाउन अवधीभर प्रहरीले अमानविय व्यवहार देखाएको छैन । यसको सफलतामा जिल्ला प्रहरी प्रमुखको कमाण्डीङ नै प्रमुख रहेको हुन सक्ने आकलन गरिएको छ । सबै सिरहाबासीलाई तपाईको शान्ति सुरक्षा र कोरोना भाईरसबाट बच्न सरकारले गरेको लकडाउनमा प्रहरीलाई सघाउन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक उमा प्रसाद चतुर्बेदीले आग्रह गरेका छन् ।
राजमार्गदेखि सिमा क्षेत्र सम्मको लकडाउनमा सुरक्षा दिने प्रहरीको कमाण्डीङ् सम्हालेका चतुर्बेदीले संचारकर्मीहरुको कुराकानीमा सबै सिरहावासीलाई कोरोना भाइरसबाट बच्न गरिएको लकडाउनलाई सफल बनाउन प्रहरीलाई सघाउन सुझाव दिएका छन् ।
विश्वनै कोरोनाको माहामारीमा रहेका बेला प्रहरीले पनि आफु सुरक्षित रहेर जनताको सेवा गर्नुपर्ने अवस्था छ प्रहरी उपरिक्षक चतुर्बेदीले भने, “यो विषम परिस्थितीमा प्रहरी तपाईको सुरक्षाका लागि खटिएको छ ।” कोरोना भाईरस बाट बच्ने सबै भन्दा उत्तम उपाय भनेको लकडाउन नै भएकाले चौविसै घण्टा खटिएको प्रहरीलाई सघाउन सबै नागरिकलाई आग्रह गर्न चाहान्छु उनले भने ।
जिल्लाका सबै जनप्रतिनिधिहरु सगँ समन्वय गरेर सेवा प्रवाह गर्न पनि प्रहरी उपरिक्षक चतुर्बेदीले आफ्ना मातहतका प्रहरी अधिकृत देखि जवानहरुलाई निर्देशन समेत दिएका छन् । यो संक्रमणमा जिल्ला प्रशासन, जनप्रतिनिधि, सामाजिक संघसंसथा लगायत सगँ समन्वय जरुरी छ प्रहरी उपरिक्षक चतुर्बेदीले भने, “जिल्लामा यो समन्वय नै लकडाउन सफलताको प्रमुख आधार हो ।” राजनीति भन्दा माथी उठेर यो संक्रमणलाई सामाना गर्नु सबै सिरहावासीको दायीत्व हो उनले भने ।
डिउटीमा खटिएका प्रहरीहरुलाई कसरी सुरक्षित रहेर सेवा प्रवाह गर्ने निर्देशन दिनुभएको छ भन्ने संचारकर्मीहरुको जिज्ञासामा प्रहरी प्रमुख समेत रहेका चतुर्बेदीले केही स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हामीले पनि दिएका छौ र केही जिल्ला प्रशासन, रेडक्रस लगायका संघ संस्थाले सहयोग गरेका छन् ।
मास्क, सेनिटाईजर र अत्यन्तै संवेदनशिलमा पिपिईको व्यवस्था सहित उनीहरुलाई आफु सुरक्षित रहेर डिउटी गर्ने निर्देशानुसार खटाइएको उनले बताए । यो संक्रमणकालिन अवस्थामा प्रहरी प्रमुखले खेलेको भुमिका प्रति सबै जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुले प्रशंसनिय कार्य रहेको बताएका छन् ।

















