जन प्रभाब-सम्बादाता
बीरगंज- बैशाख ८ गते । जिल्ला प्रहरी कार्यालय पर्साले मातहतको भिष्वा चाैकीका सई मुक्ति नारायण यादवलाई जिल्लामा तानेको छ ।
लकडाउनकाे समयमा पनि भारतीय तस्करहरूलाई तस्करीको लाईन दिएर भारत तिर सामान पठाएको र तिनै तस्करहरूसंग सगैबसेर मदिरा सेवन गरिरहेकाे जानकारी एसपी गंगा पन्त कहाँ भिडियो सहित पुगे पछि उनलाई जिल्लामा तानेर सई प्रेम खत्रीलाई पठाएको छ ।
खत्री पनि परवानीपुर चाैकीमा कार्यरत रहदा धेरै बिवादमा परेका थिए । विवाद पछि उनी केही महिना अघि मात्रै वडा प्रहरी कार्यालय बिर्तामा तानिएका थिए ।
त्यसै गरि इनर्वा चाैकीका सई गाेकुल बलायरलाई पनि जिल्ला तानिएको छ । इनर्वा चाैकी जानका लागि गजानन्द साह र तिलधारी साहकाे भिडन्त चलेको छ ।
यी दुवै विवादास्पद हुन । भन्सारको र तस्करी उर्वर नाका हो इनर्वा । साे चाैकीमा जान विगतमा ठूलो टेण्डर हुने गर्दथ्याे । अब के हुन्छ ।
त्यसैगरि अर्का विवादास्पद सई बैध्यनाथ दास तस्करीको नाकाका रूपमा चिनिएको मिर्जापुर चाैकीमा लगिएका छन् ।
जबकि साे चाैकीमा यस अघि असई प्रमुख हुने गर्दथे। लकडाउनका समयमा पनि सिमाकाे तस्करी चलिरहेको समेत छ।

















