प्रकाशित मिति – सोमबार,२०७७ बैशाख ८ गते .
सिरहा । कोरोना भाईरसको संभावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला सिरहाको बिष्णुपुर गाउँपालिका बाट सिरहा प्रहरी ले लागू-औषध सहित दुई जनालाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय बिष्णुपुर सिरहा बाट खटिएको गस्ती टोलीले बिष्णुपुर गाउँ पालिका -१ भोला बाबा चौक स्थित चेकजाच गर्ने क्रममा बि.आर. ३२ आर. २३३४ को भारतिय नम्बरको मोटर साइकलमा आउदै गरेको
सिरहा नगरपालिका -१५ को २८ बर्शिय बमशंकर कुमार यादव र सिरहा नपा १६ को गोबिन्द कुमार यादवको साथ बाट डाइलेक्स डि.सी – ४५ बोतल सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिनु भयो।
पक्राउ परेको दुबै जना लाई आबश्यक कर्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा मा ल्याइ थप अनुसन्धान कार्य भइरहेको एसपी चतुर्बेदीले बताए ।

















