काठमाडौँ, जेठ १३ गते । गृहमन्त्री रामबहादुर थापा बादलले रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको छानबिन समितीको गठन भएको जानकारी दिए।
गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा भएको घटनाबारे छानबिन गर्नका लागि समिति गठन भएको जानकारी दिएका हुन् ।
राष्ट्रिय सभाको मंगलबारको बैकठमा गृहमन्त्री गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको बताएका हुन् ।
गृहमन्त्रीले जाजरकोटका १९ जनाको समूह केटी भगाउन रुकुम पश्चिम गएको र त्यसै क्रममा केटी पक्षकाले आक्रमण गरेको जानकारी गराए । जसमा केटी भगाउने केटा नवराज विकसहित ३ जनाको शव भेटिएको र ३ जना बेपत्ता रहेको बताए । त्यस्तै बाँकीलाई सामान्य सोधपुछपछि प्रहरीले छोडेको पनि उनले जानकारी गराए ।
गृहमन्त्रीले कानुनी राज्य स्थापना गर्नेमा सरकार दृढ रहेको बताए । घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको बताए । जसमा युवती, युवतीका आमाबुबा, वडाअध्यक्षसमेत रहेका छन् । जोसुकै भएपनि कानुनी कारबाही गरिने गृहमन्त्रीले बताए ।
उनले कानुनले छुवाछुतलाई दण्डनीय भनेको तथा अपराध संहिताले छुवाछुतलाई कठोर रूपले दण्डनीय बनाउने व्यवस्था गरेको भन्दै उनले अहिले पनि दलितमाथि गैरदलितबाट आक्रमण हुनु लज्जास्पद विषय भएको जानकारी दिनु भयो ।
गृहमन्त्री थापाले भने, ‘जाजरकोट नगरपालिकाका नवराज विक र रुकुम चौरजहारी नगरपालिका मल्ल युवतीबीचको प्रेम सम्बन्धलाई बिहेबारीमा परिणत गर्न गएका केही दलितमाथि भएको सांघातिक र सो हमलाबाट बच्न भेरी नदीमा हामफाली ज्यान गुमाउन बाध्य पारिएको नृशंस घटना प्रति म आफ्नो र आफ्नो पार्टीको तर्फबाट घोर भर्त्सना गर्न चाहन्छु ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !