मकवानपुर , जेठ ११ गते आइतबार । काठमाण्डौबाट सिराहको लाहान जादै गरेको एउटा ट्रकबाट पशुपतीनगरे प्रहरीले ५० बोरा गुटखा बरामद गरेको छ ।
लकडाउनको बेलामा “औषधी ढुवानी” लेखिएको ट्रकमा १८ लाख बराबरको ५० बोरा गुटखा बरामद भएको हो । लकडाउनको बेलामा अत्यावश्यक सेवाको ढुवानी संचालनमा सरकारले नियन्त्रण भन्दा पनि प्रोत्साहन गरेको छ ।
तर औषधी ढुवानीको नाममा लागु औषध बोकेर अत्यावश्यक बस्तुको ओसार पसारलाई समेत शंकाको दायरामा ल्याउने काम भएको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका इञ्चार्ज प्रहरी निरीक्षक अरुणकुमार कुस्वाहाको टोलीले ना ३ ख ४७८५ नम्बरको मालबाहक कन्टेनरबाट करिब ९ लाख रुपैयाँ बराबरको ५० बोरा गुट्खा पराग, करिब ९ लाख रुपैयाँ बढीको १७ बोरा रजनी गन्धा गुट्खा बरामद गरेको जानकारी दिनु भयो ।
पशुपति ट्रान्सपोर्टले काठमाडौंबाट सिरहाको लहान, सप्तरीको राजबिराजका लागि पठाएको सो कन्टेनरबाट केहमीमात्रामा औषधिजन्य वस्तु मात्रै रहेको तर, बढी चकलेट, मोबाईल सहित इलेक्ट्रोनिक्स सामग्रीहरु फेला पारेको थियो ।
प्रहरी निरीक्षक कुशवाहाका अनुसार बरामद गरिएको सुर्तीजन्य वस्तुसहित सवारी साधनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाएको छ ।
पछिल्लो समय खाद्यान्न ढुवानी, औषधि ढुवानी, दूग्धजन्य ढुवानीको ब्यानर राखेर कानून विपरितका कार्यहरु गरेको प्रहरीले फेला पार्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !