मकवानपुर, जेठ १० गते सनिवार । भारतबाट ल्याईएको साढे १७ लाख बराबरको गुट्खा रातोमाटे चेकपोस्टका प्रहरीले पक्राउ गरेको छ ।
आज शनिबार ना ३ ख ४७८४ नम्बरको कन्टेनर ट्रकमा काठमाडौ बाट राजबिराज जादै गरेको ट्रक इलाका प्रहरी कार्यालय, पशुपतिनगरबाट खटिएको प्रहरीले रातोमाटे चेक पोष्टमा नियन्त्रणमा लिएको हो ।
सरकारले पुर्णरुपमा बन्देज लगाएको भारतीय उत्पादन ५० बोरा गुट्खा, १७ कार्टुन रजनी गन्दा अत्यावश्यक औषधी भन्दै ल्याईरहेको अवस्थामा बिशेस सुराकीको आधारमा ती सामग्रीहरु सहित प्रहरीले ट्रक र चालकलाई लाई पक्राउ गरेको हो । पक्राउ परेको ट्रक र चालकको आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !