Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मदन भण्डारीका हत्यारा किन खोज्दैनन् ?


काठमाडौं,जेठ ३ गते सनिवार विहान उठेर क्यालेण्डर हेर्दा जेठ तीन देख्ना साथ संझे मैले उनै नेपाली भुमीका महान जननेता मदन भण्डारीलाई। त्यतिवेला म जहाँ थिएँ, त्यहीबाट तत्काल उठेर एक मिनेट मौन धारण गरेँ उनको आत्माको चिर शान्तिको लागि। भोली जेठ तिन गते उनको हत्या भएको दिन।

अनि आफ्सेआफ मनमा जवरजस्त र स्वभाविक एउटा जिज्ञासा उठ्यो। “विद्यादेवी भण्डारी राष्ट्रपति र केपी शर्मा ओली प्रधानमन्त्री हुदाँ पनि किन खोजिदैन जननेता मदन भण्डारीको हत्यारा ?” अहिलेकी राष्ट्रपति अर्थात् मुलुकको सर्वोच्च व्यक्ति उनै मदनकी जीवनसंगीनी र राजनीतिक सहयात्री  विद्यादेवी भण्डारी छिन् भने मुलुकको सवै भन्दा शक्तिशाली व्यक्ति उनै मदनका राजनीतिक सहकर्मी केपी शर्मा ओली छन्। 

प्रधानमन्त्री ओली मदनको हत्याको छानवीन गर्न त्यतिवेला गठित आयोगका अध्यक्ष समेत हुन्। ओलीले कुनै बेला भनेका थिए– म सरकारमा गएभने भण्डारीका हत्यारा अवश्य पत्ता लगाउँछु। आज ओली मात्रै नभएर विद्या समेत राज्यको सर्वोच्च पदमा छिन्। प्रश्न उठ्नु स्वभाविक छ– के मदन भण्डारीका हत्यारा पत्ता लाग्लान ?

मदनको हत्याले सवै भन्दा बढी असर कसैलाई परेको थियो भने यीनै राष्ट्रपति विद्यादेवीलाई परेको थियो। मदनका हत्यारा पत्ता लगाएर कारवाही गराउन उनको मनले नखोजेको त पक्कै होईन। तर पनि व्यवहारमा हत्याराको खोजी किन हुन सकेन ? फेरी उही प्रश्न आयो मनमा। मनमा एकोहोरो पटक पटक आईरहेको प्रश्नको उत्तर खोज्न एमालेकै केही नेता र विश्लेषक तथा पत्रकारहरुसंग जिज्ञासा राखेँ। तर उत्तर पाउन सकिन। उनीहरु पनि नाजवाफ पाएँ। उनीहरुमा पनि प्रश्नप्रतिको स्वभाविकता देखिएपनि उत्तर नभेटिएको अस्वभाविकता पनि झल्कीयो। 

मदन भण्डारी नेपाली राजनीतिका एक अद्भुत जननेता हुन्। पार्टीगत रुपमा एमालेका महासचिव भएपनि उनी मुलुककै आशालाग्दा नेताका रुपमा उदाएका थिए।  प्रखर वक्ता मदन भण्डारीको प्रसंशा नगर्ने सायद कोही थिएन। काँग्रेसका जननायक विपी कोईराला र एमालेका जननेता मदन भण्डारी नेपालमा सवैले पुज्ने नेताहरु हुन अहिले पनि। 

उनी देशको मुहार फेर्ने खाका र राष्ट्रियताका सवालमा वैचारिक रुपमा सुस्पष्ट थिए। एमालेको महासचिव रहेकै बेला तिनै अद्भुत नेताको रहस्यमय हत्या भएको आज २३ बर्ष भईसक्यो। वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुङगामा जिप दुर्घटनामा परी उनको निधन भएको थियो। तर त्यो दुर्घटनालाई भने रहस्यमय र मदन भण्डारीको हत्या योजना अनुरुप भएको मानिएको छ। दुर्घटनामा मदनसंगै रहेका एमालेका संगठन विभाग प्रमुख जिवराज आश्रितको पनि निधन भएको थियो। तर जिपका चालक अमर लामा भने दुर्घटनामा परेर पनि जिवितै फर्किन सफल भए।

उनको पनि २०६० सालमा रहस्यमय हत्या भयो। ति तिनै जनाको हत्याको रहस्य अझै सम्म पनि पत्ता लागेको छैन। मदनकी पत्नी तथा नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले गत कात्तिक १३ गते बिहीबार राष्ट्रपतिको पद तथा गोपनीयताको सपथ र पदभार ग्रहण गरिकी छन्। विद्याले २०३९ सालमा तत्कालिन नेकपा मालेका महासचिव मदन भण्डारीसित भूमिगत रुपमै विवाह गरेकी थिइन्।

मदन र विद्यादेवीका दुई छोरीहरु उषाकिरण र निशाकुशुम भण्डारी छन्। विद्याले राष्ट्रपतिको जिम्मेवारी सम्हालेको दिन पनि मदन र विद्याकी जेठी छोरी उषाकिरण भण्डारीले आफ्नो पिताको मृत्युलाई हत्या भएको बताएकी थिईन्। भण्डारीको हत्यामा चालक अमर लामाको संलग्नता रहेको तथ्य सार्वजनिक भयो। अमर लामा जेल परे जेलबाट छुटेपछि पनि घटनाका एकमात्र जीवित साक्षी लामाले यसबारेमा रहस्य खोलेनन्। पछि लामाको पनि हत्या भयो।

उनको हत्या माओवादी लडाकुहरुले गरेको सार्वजनिक भयो। तर किन लामाको हत्या भयो भन्ने कुरा खुलेन। न त एमालेले नै माओवादीसँग यसबारेमा सोधीखोजी गर्यो‍, न कसैले यसमा चासो नै दियो। भण्डारी तथा जीवराज आश्रित चढेको जीप दुर्घटना भएपछि नेताद्वयको हत्या भएको भन्दै एमालेले आन्दोलन चर्कायो। आन्दोलन चर्किंदै गएपछि सरकारले पूर्व न्यायाधीश प्रचण्डराज अनिलको नेतृत्वमा छानवीन आयोग गठन गर्यो‍। अनिल आयोगको प्रतिवेदनमा एमालेले चित्त वुझाएन र आन्दोलन झन चर्कियो।

त्यसपछि तत्कालीन वहालवाला न्यायाधीश त्रिलोकप्रताप राणा आयोग बनाइयो। तर यो आयोगले पनि मदन आश्रितको जीप दुर्घटना वा हत्याकाण्ड खुलाउन सकेन। त्यहीविचमा एमालेले दासढुंगा काण्डको छानवीन गर्न तत्कालिन स्थायी समिति सदस्य केपी ओली आयोग गठन गरियो। जनस्तरबाट पनि पद्मरत्न तुलाधर आयोग गठन भयो। पद्मरत्न तुलाधर आयोगले घटनालाई षडयन्त्रमूलक हत्या भएको ठहर गर्यो‍।

भण्डारीको हत्या भएको अर्को बर्ष २०५१ सालमा एमालेको अल्पमतको एकमना सरकार गठन भयो। नेकपा एमालेका अध्यक्ष रहेका स्व. मनमोहन अधिकारी प्रधानमन्त्री निवर्वाचित भए। त्यही बेला पनि दासढुंगा हत्याकाण्डको छानवीनको चर्को माग फेरी उठ्यो। नौ महिना सरकार चलाएको एमालेले मदन आश्रितको रहस्यमय घटनाको बारेमा खासै कुनै प्रयत्न गरेन। नौ महिनामात्रै सरकारमा बिताउनु परेको र अल्पमतको सरकार भएकोले सो सम्बन्धी केही प्रगति हुन नसकेको भन्दै एमालेले स्पष्टिकरण दियो। पार्टीले गठन गरेको आयोगका संयोजक ओलीले एमालेको बहुमतको सरकार भए हत्यारा पत्ता लाग्ने दावी गरे।

उक्त घटनालाई हत्या भएको ठहर गर्दै कांग्रेसी सरकारका विरुद्धमा गरेको आन्दोलनपछि बनेको एमालेको सरकारले कांग्रेसी सरकारका विरुद्धमा अघि सारिएको प्रमुख मागका रुपमा रहेको दासढुंगा छानविनको बुँदा आफ्नो मागपत्रबाट एकाएक गायव पारिदियो। न त त्यसले आफैँले हत्या घोषित गरेको घटनाको छानविनलाई अघि बढायो न त जेलमा रहेको अमर लामासँग एक पटक पनि बयान लिने प्रयास गर्यो। त्यसैले एमालेका कार्यकर्ता सहित संपुर्ण नेपालीको मनमा अहिले पनि एउटै प्रश्न छ–किन मदन भण्डारीका हत्यारा खोजिदैन ? 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
मेयर नै यसरी कमाउन लागेपछि
जनप्रभाबन्युज विशेष

मेयर नै यसरी कमाउन लागेपछि

1 year पहिले
वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला
जनप्रभाबन्युज विशेष

वर्तमान गठबन्धन सरकार २०८४ सम्म निरन्तर रहन्छ : डा.कोइराला

1 year पहिले
पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो
जनप्रभाबन्युज विशेष

पोलिटव्यूरोले ओली-भण्डारीलाई च्यासल पुर्यायो

1 year पहिले
प्रसाईं सम्पर्कविहीन भएपछि राजावादीको कमाण्ड जगमान गुरुङलाई
जनप्रभाबन्युज विशेष

प्रसाईं सम्पर्कविहीन भएपछि राजावादीको कमाण्ड जगमान गुरुङलाई

1 year पहिले
पार्टी जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि
जनप्रभाबन्युज विशेष

पार्टी जिम्मेवारीमा फर्किए रास्वपा सभापति रवि

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh