जन प्रभाब-सम्बादाता / २०७७ जेठ २ गते शुक्रबार.
काठमाडौं । मुलुकभर लकडाउन जारी रहेका बेला रुकुम पश्चिम प्रहरीले जिल्लाका बिभिन्न स्थानमा गरिएको अबैध अफिम खेती फडानीको अभियानलाई तिब्रता दिएको छ ।

रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले लकडाउनको अवधिमा गाँऊ गाउँमा प्रहरी परिचालन गरी अबैध अफिम खेती नष्ट गर्न थालेको छ । प्रहरीले जिल्लाका विभिन्न ठाँउहरुमा अवैध रुपमा भैरहेको अफिम खेती नष्ट गर्ने अभियानलाई तिब्रता दिएको छ । यतिबेला अफिमले फुल खेल्न थालेको र यहि मौकामा अफिम पनि संकलन गरिने भएको हुँदा प्रहरीले गाउँगाउँमा प्रहरी परिचालन गरी नष्ट गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक ( डिएसपी ) ठक बहादुर केसीका अनुसार जिल्लाका सानिभरी गाउँपालिका, बाँफिकोट गाउँपालिकामा अवैध अफिम खेती नष्ट गरिएको हो । स्कुम जिल्लाको विभिन्न ठाँउमा २०७६ सल चैत ३० गते देखि २०७७ साल बैशाख २० गते सम्ममा करिब २२ बिधा , ११ रोपनी , ७ कठ्ठा जग्गामा लगाइएको अफिम खेती नष्ट गरिएको उहाँले बताउनुभयो ।

प्रहरीले यस्तो अबैध खेती नगर्न सार्वजनिक रुपमै सबैलाइ पटक पटक आह्वान गदै आएको छ तर पनि जिल्लाका विभिन्न ठाउँमा अटेरी गरी अफिम खेती गर्दै आएका छन ।

अबैध अफिम खेती गर्नेलाई नेपालमा कडा कानुनी ब्यवस्था भएपनि यहाँका मानिसहरु लुकीछिपि खेती गरिरहेका छन । गाउँ गाऊँमा अवैध अफिम खेती भैरहेको भन्ने विशेष सूचनाको आधारमा बस्ती बस्तीमा प्रहरी गस्ती अभियान अन्तर्गत जिल्लाका विभिन्न ठाउँमा अफिम नष्ट गरिएको डिएसपी केसीले जानकारी दिुनभयो । सबै स्थानिय तह, वडाका सबै बस्तिबस्तिमा गयर अफिम खेती नस्ट गर्ने क्रम जारी रहेको उहाँले बताउनुभयो ।





















