सिरहा , बैशाख ३१ गते बुधबार । सिरहा जिल्ला भरीमा बुधबारदेखि निषेधाज्ञा जारी गरेको छ । सामाजिक दूरी कायम नगरेको पाइएमा सुरक्षाकर्मीले जुनसुकै बेला कार्वाही गर्न सक्ने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँले जानकारी दिनु भयो ।
सीमा नाकामा पूर्ण रुपले आवतजावत बन्द गरिएको र लुकिछिपी छिरेको पाइएमा आउने र लुकाउने दुबैलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारवाही गरिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !