काठमाडौं,बैशाख २० गते । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा माफी मागेका छन् ।
सरकार र पार्टी सञ्चालनको क्रममा आफूबाट गल्ती भएको र आगामी दिनमा सबैसँग सल्लाह गरेर मात्रै कदम चाल्ने प्रतिबद्धतासहित माफी मागेका हुन् ।
‘प्रधानमन्त्री अध्यक्ष तथा प्रधानमन्त्री कमरेडले आत्माआलोचना गर्नुभएको छ, आगामी दिनमा पार्टीसँग सल्लाह गरेर मात्रै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।
पार्टी एकतालाई रक्षा गर्ने, फुट उन्मुख गतिविधिमा संलग्न नहुन कार्यकर्तालाई निर्देशन दिने निर्णय पनि भएको उनको भनाइ छ ।

















