जन प्रभाब-सम्बादाता / २०७७ बैशाख १६ गते .
काठमाडौं । देशभरिमा अहिलेसम्म ५४ हजार ८ सय ५६ जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। पीसीआरविधिमार्फत १० हजार ८ सय ७ र र्यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी) मार्फत ४४ हजार १९ वटा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १८३ जनाको नमूना परीक्षण भएको छ। त्यस्तै अहिले देशभर पिसिआर प्रविधिबाट गरिने परिक्षण १६ स्थानबाट भइरहेको जानकारी दिनु भयो ।
आज रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता डाक्टर देवकोटाले दुई संक्रमित भारतबाट आएको जानकारी दिएका हुन् । चैत २२ गते कलकत्ताबाट आएका बृन्दावन नगरपालिकाका २४ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको हो । भने अर्का संक्रमित देवाही गोनाही नगरपालिका९१ निवासी ३५ वर्षीय पुरुष हुन्। उनी पनि वैशाख ४ गते दिल्लीबाट आएका थिए।
उनीहरूलाई वीरगन्जस्थित नारायणी अस्पताल लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म ५४ जना संक्रमित रहेकोमा १६ जना अस्पतालबाट डिस्चार्ज भएको बताए ।
अहिले कोशी अस्पताल, विराटनगरमा ३१ जना उपचाररत छन् भने नारायणी अस्पताल, वीरगन्जमा ३ जना, भरतपुर अस्पताल र धनगढीमा एक एक जना गरी कुल ३९ जना पचाररत रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।
आजसम्म देशभरमा करिब २२ हजार ९९ जना क्वारेन्टाइनमा रहेका छन्। आइसोलेसनमा अहिलेसम्म १०७ जना रहेका छन। जसमध्ये उपत्यकामा ४ जना र उपत्यका बाहिर १०३ जना रहेका छन।
फेसबुकबाट तपाईको प्रतिक्रिया !