जन प्रभाब-सम्बादाता / २०७७ बैशाख १४ गते .
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआईजी) नीरज शाहीलाई दिइएको छ । प्रहरी प्रधान कार्यालयले शाहीलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यमहरूमा सम्प्रेषण गर्न शाहीलाई केन्द्रीय प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जानकारी दिनु भयो ।
डिआईजी शाही यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मा कार्यरत थिए ।

















