काठमाडौं,बैशाख १२ गते । समाजवादी पार्टी फुटाउने खेलमा सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याएर होटेलमा राख्ने गतिविधिमा पूर्वआईजीपी सर्वेन्द्र खनाल पर्दापछाडि होइन, ‘फ्रन्टलाइन’मै संलग्न भए । उनलाई नजिकबाट चिनेका प्रहरी अधिकृत भन्छन् – उनको वास्तविक अनुहार यही हो ।
सत्तारुढ दलका सांसदसँग मिलेर समाजवादीका सांसद डा. यादवलाई लिन मंगलबार महोत्तरी गएका हुन् । मनोवैज्ञानिक त्रास र प्रधानमन्त्रीलाई भेट्ने आश्वसन दिएर रातारात यादवलाई काठमाडौं त ल्यायो । तर यादवले योजनामा साथ दिएनन् । बरु खेल उल्टाइदिए । एसपी हुँदा खनाल जनकपुरमा कार्यरत थिए । त्यही वेला उनको यादवसँग चिनजान भएको थियो । त्यसकारण नेकपाका सांसदले खनाललाई प्रयोग गरेका हुन् ।
विपतको बेला फोहोरी राजनीतिक खेलमा लागेर खनालले व्यक्तिगत स्वार्थ पूरा गर्न लागेको जानकारहरू बताउँछन् । ‘अवकाश पाएपछि उनी शक्तिको भोकले छटपटिएका छन्,’ उनीनिकट स्रोत भन्छ, ‘यही खेलमा लागेर प्रधानमन्त्री र नेकपाका केही नेताहरूलाई खुसी बनाएर नियुक्ति खाने उनको दाउ छ ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्तिका लागि खनालले लबिङ गरिरहेका छन् । एक अवकाशप्राप्त प्रहरी महानिरीक्षक भन्छन्, ‘उनको हर्कतले हामीलाई समेत लाज भयो, यस्ता व्यक्ति संवैधानिक आयोगमा पुगे भने के मात्र बाँकी राख्लान् ?’
खनालले भने सांसद यादव आफ्नो साथी भएको र लकडाउनमा फसेकाले ल्याउन गएको ‘हास्यासपद’ तर्क गरेका छन् । यादवलाई मारियट होटेलमा ल्याएर छाडेको भने उनले स्वीकार गरेका छन् । उनीसँगै गएका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठले भने नयाँ पार्टी गठनमा सहयोग गर्नकै लागि आफूहरू लिन गएको बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
‘सिंगो प्रहरीकै शिर निहुरियो’
पूर्व महानिरीक्षक खनालको हर्कतले प्रहरी संगठनकै शिर निहुरिएको बहालवाला तथा अवकाशप्राप्त प्रहरी अधिकारीहरूले बताएका छन् । ८० हजार प्रहरीको नेतृत्व सम्हालेको व्यक्तिले यस्तो गतिविधि देखाउँदा प्रहरीमाथि नै यसको दोष लागेको एक पूर्व प्रहरी महानिरीक्षकको टिप्पणी छ । नाम नराख्ने शर्तमा ती महानिरीक्षक भन्छन्, ‘उनी पहिलेदेखि नै नेताहरूसँग मिलेर यस्ता गोप्य रूपमा फोहोरी खेलमा रमाउने व्यक्ति हुन्, आज बाहिरिएको मात्र हो ।’
पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्, ‘यदि उहाँले यस्तो काम गर्नुभएको हो भने यसले प्रहरी संगठनकै बदनाम गराएको छ, विभागीय प्रमुख भइसकेको व्यक्तिबाट यस्तो काम हुन नपर्ने हो ।’ खनाल अवकाशप्राप्त भएपनि उनीसँग नेपाल प्रहरीका तीन बहालवाल प्रहरी अधिकारी छन् । जो उनीसँगै हिँड्छन् । जसकारण पनि यसमा प्रहरीसमेत बदनाम भएको हो ।
अख्तियार जाने लोभ, जहाँ उनीमाथि नै छानबिन चलिरहेको छ
अहिले पार्टी फुटाउने खेलमा सरकारलाई सघाउनुको पछाडि सकेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त हुने खनालको चाहना छ । त्यही अख्तियारमा उनीमाथि छानबिन चलिरहेको छ ।
दुई आर्थिक वर्षमा प्रहरीले गरेका छानबिनमा अनियमितता भएको भन्दै उजुरी परेको थियो । खरिदसम्बन्धी कागजपत्र नियन्त्रणमा लिएर आयोगले छानबिन गरिरहेको छ । २ अर्बभन्दा धेरैका खरिदमा प्रसस्तै कैफियत भेटिएको छ । तर दबाबकै भरमा छानबिन अघि बढाइएको छैन । प्रहरीका लागि कमसल कपडालगायत बन्दोबस्तीका सामान खरिद गरिएको थियो । कतिसम्म भने पहिलोपटक गुणस्तरमा फेल भएका सामानलाई फेरि अर्काे परीक्षण गरी त्यही सामान स्वीकार गरिएको थियो । साथै स्कर्टिङ मोटरसाइकल तथा पाँचवटा वाटर क्यानन पनि उच्च मूल्यमा खरिद गरिएको भन्दै आयोगले छानबिन गरिरहेको छ ।
बोतल प्रहारको बदलामा फेक इन्काउन्टर
खनालका कतिपय विवादास्पद गतिविधि विगतमा पनि देखिएका हुन् । २०६५ सालमा खनाल काठमाडौं परिसरका प्रमुख थिए । त्यतिबेला बागबजारमा गुण्डानाइके कुमार घैंटे भनिने कुमार श्रेष्ठ डान्सबार चलाउँथे । खनाल पक्राउ गर्न आएको थाहा पाएपछि वियरको बोतलले गाडीमा हानेर भागे ।
त्यसको बदला उनले ८ वर्षपछि लिए । २०७३ भदौ २ गते खनालकै निर्देशनमा श्रेष्ठमाथि गोली हानिएको थियो । उनी अपराध महाशाखामा हुँदा घैंटे मारिएका थिए । दोहोरो भिडन्त भनिए पनि छोरीलाई विद्यालय पुर्याएर भर्खंदा घरअगाडि गोली हानेर उनको हत्या भएको थियो । त्यतिबेला घैंटेमाथि कुनै मुद्दा नभएकाले प्रतिशोधकै लागि फेक इन्काउन्टर गरिएको प्रहरी अधिकारीहरू बताउँछन् ।
कुमार पौडेल इन्काउन्टरमा कारबाहीको सिफारिस अलपत्र
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई ‘इन्काउन्टर’का नाममा प्रहरीले पक्राउ गरी हत्या गरेको राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन महानिरीक्षक खनालसहितलाई कारबाहीको सिफारिस गरेको थियो । गत कात्तिक ५ गते भएको सिफारिस अहिलेसम्म अलपत्र छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा सर्लाहीमा मृतकका परिवारले हुलाकमार्फत जाहेरी दिएका छन् । खनालकै निर्देशनमा पौडेलमाथि गोली हानिएको खुलेपछि उनलाई समेत कारबाहीको सिफारिस भएको हो । कारबाहीका लागि आयोगले ताकेतासमेत गरिसकेको छ ।
गोली प्रहारमा संलग्न इन्स्पेक्टर कृष्णदेवप्रसाद साह र हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई प्रहरी महानिरीक्षक खनालले प्रत्यक्ष रूपमा खटाएका थिए । जिल्ला र प्रदेशका प्रहरीका हाकिमलाई समेत पछि मात्र थाहा भएको र तत्कालीन महानिरीक्षककै निर्देशन भएको भन्दै आयोगले उनलाई समेत कारबाही गर्न भनेको थियो ।
गत असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका– १ लखन्देही जंगलको एकान्तमा पौडेलको गोली हानी हत्या भएको थियो । गोली प्रहारमा संलग्न इन्स्पेक्टरसहित तीनजना प्रहरी प्रधान कार्यालयबाट खटिएका थिए । प्रहरी महानिरीक्षकको प्रत्यक्ष मातहतमा रहने गरी उनीहरू खटिएका थिए । आयोगसँगको बयानमा प्रहरी महानिरीक्षक खनालकै निर्देशनमा आफूहरु सो ‘इन्काउन्टर’मा खटिएको बयान दिएका थिए । आयोगले आइजिपीको नाम उल्लेख नगरी निर्देशन दिनेलाई कारबाही गर्न विज्ञप्तिमा भनेको छ ।
खनालकै कारण निर्मला पन्त प्रकरण असफल
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा फिल्डमा खटिएका प्रहरीको अनुसन्धानमा त्रुटि नभएको बरु डीएनए परीक्षणमा कमजोरी भएको छानबिनबाट खुलेको छ । प्रहरी नेतृत्वकै व्यवस्थापकीय कमजोरीमा यो अनुसन्धान असफल भएको अहिले देखिएको छ ।
भीडको निर्देशनका आधारमा आलोचनाबाट जोगिन प्रहरी नेतृत्वले अनुसन्धान अधिकृतहरूलाई बर्खास्तसम्मको कारबाही गरेको थियो । जब कि कुनै पनि प्रहरीको नियतवश गल्ती देखिएको थिएन । गृह मन्त्रालयको विज्ञ समितिले गरेको छानबिन र त्यसपछि प्रहरी प्रधान कार्यालयकै एक छानबिनमा विगतमा पक्राउ परेकै व्यक्ति आरोपी हुन सक्ने औंल्याइएको छ । उनको कमजोर नेतृत्वले अपराध अनुसन्धानमा खटिएका देशभरिका प्रहरीको मनोबल गिराउने काम भएको थियो । इन्स्पेक्टरदेखि नै उनी अत्यधिक महत्वाकांक्षी रहेको र आफ्नो महत्त्वाकांक्षा पूरा गर्न जे पनि गर्न तयार हुने गरेका उनका सहकर्मीहरु बताउँछन् ।
अन्य ठूला अनुसन्धानमा पनि उनको विवादास्पद भूमिका देखिएको थियो । अफताब आलम पक्राउ प्रकरण रौतहट प्रहरीले नभई आफ्नो टोलीले पक्राउ गरेको बताएर संगठनमा चेक अफ कमान्डकै धज्जी उडाएका थिए । उद्धारको नाममा पर्यटकहरूमा संगठित रूपमा भइरहेको ठगीको अनुसन्धान उनकै दबाबमा रोकिएको सिआइबी स्रोत बताउँछ । कृष्णबहादुर महरा मुछिएको बलात्कार मुद्दामा सुरुमा प्रहरीले लुकाउन चाहेको थियो, पछि मिडियामा आएपछि प्रधानमन्त्रीको निर्देशनमा प्रहरीले अनुसन्धान गरेको थियो ।
अपहरण मुद्दा चलाउन पर्याप्त प्रमाण
सांसद यादवलाई जनकपुरबाट काठमाडौं ल्याएको घटनामा अपहरण मुद्दा चल्न पर्याप्त प्रमाण भएको प्रहरी अधिकारीहरू बताउँछन् । सांसद यादवले अपहरण नै भएको बताएका छैनन्, तर आफूलाई काठमाडौं आउँदा दबाब दिइएको बताएका छन् । उनले जाहेरी दिएमा अन्य प्रमाणहरू प्रशस्त छन् ।
मुकुकी अपराध संहिताको अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा दफा २११ मा भनिएको छ, ‘कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोरजुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरिरहेको सवारीसाधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यसउपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा,’ अपहरण गरेको मानिनेछ भन्ने उल्लेख छ ।
सांसद यादवलाई धम्क्याएर नभई छलकपट गरेर ल्याइएको हुनाले अपहरण मुद्दा आकर्षित हुने प्रहरी अधिकारीहरू बताउँछन् । अनिच्छा देखाउँदा पनि पटक–पटक आग्रह र प्रधानमन्त्रीबाट फोन गर्न लगाएर उनलाई अर्काे गाडीमा राखेर ल्याइएको थियो ।
मुद्दा चल्नकै लागि यादवले उजुरी दिनुपर्ने हुन्छ । त्यसपछि कलवाइज लोकेसन, सीसीटीभी फुटेज, यादवका पीएसओ तथा अन्य सहयोगीको बयान आदि यो घटना पुष्टि हुने आधार छन् । उताबाट ल्याएर आफैंले बुक गरेको होटेलमा बन्धकजस्तो बनाएर राख्नुले समेत थप प्रमाण दिन्छ । बिहीवार बिहान आफू उम्केर पार्टीको सम्पर्कमा पुगेको सांसद यादवले अन्तर्वार्तामा बताएका छन् ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतले खनालमाथि समेत कारबाही गर्न माग गरेका छन् । पार्टी फुटाउनका लागि सांसद यादवको मोबाइलसमेत अफ गराइएको थियो भने अर्काे गाडीमा राखिएको थियो । नेकपाकै नेताहरू भीम रावल, रामकुमारी झाँक्री लगायतले समेत घटनाको अनुसन्धानको माग गरेका छन् ।
खनाल भन्छन् – यो देश बिग्रिएको त्यसै होइन, अब सुधार्नुपर्छ
पूर्व राज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरणमा संलग्न हुनुभयो, एउटा पार्टी फुटाउने खेलमा संलग्न हुनुभयो भनेर तपाईंमाथि आरोप लागेको छ । नेपाल प्रहरीको महानिरीक्षकजस्तो जिम्मेवारीमा रहेको तपाईंजस्तो व्यक्ति यस्तो खेलमा लागेको समाचार आएपछि त्यसले तपाईंको व्यक्तिगत मर्यादा र नेपाल प्रहरीको छविमा कस्तो प्रभाव पार्ला ?
पहिला प्रहरी संगठनमा छँदा अपहरणकारी तह लगाएर बसेको हुँ । अहिले पनि त्यही सोचमा छु । तर, अहिलेको विषय कुनै पनि हालतमा अपहरण होइन । जसले यो शब्द ल्यायो, त्यो बदमासी हो । सांसद सुरेन्द्र यादवसँग मेरो सम्बन्ध साथीभाइको छ । हिजो हामी उहाँको घर पुग्दा पनि निकै खुसी हुनुभयो । खाजा र खाना पनि खुवाउनुभयो । घरबाट काठमाडौं पनि खुसीसाथ आउनुभएको हो । काठमाडौं आएपछि आफ्ना सांसदहरूसँग बिहीबार बिहान भेटघाट गर्ने कार्यक्रम थियो । तर, अचानक कसरी मोडिनुभयो ? के कुरा आयो ? त्यो उहाँले जान्ने कुरा भयो । तर, अपहरण र्गयो भन्नु वाहियात हो । कसलाई अनेक गर्ने रहर छ, रमाइलो लागिराखेको छ यहाँ । मलाई गजब लागेको छ ।
डा. सुरेन्द्र यादवसँग तपाईंको सम्बन्ध कहिलेदेखिको हो ?
म जनकपुरमा हुँदादेखिकै सम्बन्ध हो । उहाँ मन्त्री हुँदा पनि मलाई एकदम राम्रो मान्नुहुन्थ्यो । किनकि जनकपुरमा वा अन्यत्र बस्दा मैले जनताका लागि काम गरेको छु । कसैका दुःखमा काम गरेको छु । कसैले दुःख नपाओस् भन्नेमा छु ।
तपाईंको पुरानो सम्बन्ध रहेछ, तर अहिले यो लकडाउनको वेला अचानक त्यो पनि राजनीतिक दलका सांसदहरूलाई लिएर तपाईं महोत्तरी किन पुग्नुभयो ?
खासमा लकडाउनका वेला हामी भक्तपुरमा सामाजिक काम गर्दै थियौँ । भक्तपुरबाट यात्रुहरू बाहिर जाने क्रममा बसहरू घुइँचो लागेको, अनियन्त्रित अवस्था थियो । त्यस्तो देखेपछि स्थानीय प्रशासन र प्रहरीलाई खबर र्गर्यौँ, मिलाउन भन्यौँ । भक्तपुरको रोडमा बालबच्चाहरूको पनि बेहाल भएको अवस्था देखेपछि ‘भोलेन्टियर’ गर्ने, खाना खुवाउनेजस्ता काम गर्दै थियौँ । त्यही सन्दर्भमा डा. सुरेन्द्र यादवको कुरा चल्यो । अनि साथीहरूले सुरेन्द्र यादव भन्नेलाई तपाईंले नि चिन्नुभएको छ, केही कुरा गरौँ न त भनेर छलफल सुरु भयो । त्यहीबीचमा सुरेन्द्र यादवसँग फोनमा संवाद भयो । भेटेर गफ गर्न त मन छ, तर लकडाउनका वेला आउन अप्ठ्यारो छ भन्नुभयो । बरु, तपाईंहरू आउनुस् कुरा गरौँ भन्नुभयो । बाहिर जान लागेका यात्रुहरूका लागि स्थिति सहज बनाउँदै हामी त्यहाँ गएका हौँ । उहाँका पार्टीका नेताहरूबीच पटक–पटक कुरा भएको थियो । कति जना सांसद हो, कति पुर्याउने भन्ने कुरा चलेको थियो । त्यो उहाँहरूको कुरा हो ।
तपाईंहरू जनकपुर कहिले जानुभयो ? कसरी यस्तो भयो ?
हिजो (बुधबार) बिहान ९ बजे हामी डा. यादवको घरमा पुग्यौँ । दिउँसो उहाँले विभिन्न परामर्श गर्नुभयो । डा. सूर्यनारायण यादवसँग पनि सल्लाह गर्नुभयो । त्यसपछि प्रमुख सचेतक उमाशंकर अरगरियासँग दुई–तीन घन्टा कुरा गर्नुभयो । हाँसीखुसी आउनुभएको हो । तर, बिहान त उहाँ अर्कै ठाउँमा गएर अपहरण गरेको भन्नेसम्मको कुरा आयो । उहाँको मनस्थितिमा के परिवर्तन भयो, थाहा छैन । हामीले बुझ्दा उहाँहरूको पार्टी र राजपा मर्ज भयो, अब फुट्नु उपयुक्त छैन भन्नेतिर लाग्नुभयो रे भन्ने गाइँगुइँचाहिँ सुनेका हौँ । तर, अपहरणमा परेको भन्ने गलत हो । अपहरणमा परेको मान्छे हो भने म्यारियट होटेलमा बस्छ ? अनि अपहरण गर्ने मान्छे घरमा आएर बस्छ ? जसले बसेको होटेलबाट उठाएर लग्यो, उसले पो अपहरण गर्यो होला त ।
तर सरकारले अचानक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । त्यहीवेला समाजवादी पार्टी फुट्ने गृहकार्य पनि भइरहेको छ । त्यसमा पनि समाजवादीका सांसदलाई रातारात काठमाडौं ल्याउन सत्तारुढ दलका सांसद किसन श्रेष्ठ र महेश बस्नेत महोत्तरी पुग्नुभयो । उहाँहरूको भूमिकालाई नेपाली राजनीतिले आफैँ मूल्यांकन गर्ला । तर, तपाईं त फौजी संगठन नेतृत्व गरेको मान्छे, तपाईं पनि त्यही खेलमा सहभागी हुनु त अनौठो भएन र ?
म अहिले पुलिसमा बसिरहेको अवस्था पनि होइन, एउटा स्वतन्त्र नागरिक हुँ । फौजको हिसाबले त हिजो बसेँ, त्यसअनुसार हिजै काम गरेँ । अहिले त स्वतन्त्र नागरिक भएर आफ्नै किसिमले काम गरिरहेको छु । काम गर्न पाउँछु नि मैले पनि । मैले त सामाजिक काम न गरेको हो । मलाई राम्रो लागेको काम गर्न सक्छु, जुन समाजका लागि राम्रो हुन्छ । तर, फौजमा थियो रे भन्नुको के अर्थ ? नचाहिने काम गर्न गएको हो र ? गजब लाग्छ । निकै राजनीति गरेका, म ठूलै हुँ भन्नेहरू, विद्वान् हुँ भन्नेहरू चैँ कुन भाषामा बोल्दै हुनुहुन्छ ? भूपू प्रधानमन्त्री, के–के हुँदाखेरि कति कुरा गर्दै हिँड्नुभएन ? कोसँग कसरी काम गर्नुभयो, के–के गर्नुभयो सबैमा जगजाहेर छ नि । के पोलिटिकल डायलग (वार्ता) हुँदैनन् । मानौँ ल, म राजनीति नै गर्न गएँछु भने पनि मेरो अधिकार छैन ? उहाँहरू (महेश बस्नेत, किसन श्रेष्ठ) पनि राजनीतिक हिसाबले जानुभयो होला । उहाँहरूले पनि के बिगार्नुभएको छ त ?
तर आफ्नै पार्टी्भित्र असन्तुष्टि राख्ने, विद्रोह गर्ने र पार्टी फुटाउने पनि हुन्छ होला । तर, अर्काको पार्टी फुटाउन यति सक्रिय हुने कुरा लोकतन्त्रमा पनि गलत नै मानिन्छ । यो सब खेलका लागि सुरेन्द्र यादवलाई काठमाडौं ल्याउन लागिएको हो भन्ने ज्ञान तपाईंलाई थिएन र ?
मलाई त्यहाँसम्म थाहा थिएन । तपाईंलाई ‘भेरी अनेस्ट’ भन्दा कुन पार्टीका भन्ने पनि त्यति ख्याल गर्ने मान्छे होइन । तर, जनकपुरमा बस्दा काम गरेको हिसाबले त्यहाँ धेरैले मलाई मान्छन् । जो प्रदेश सांसद आउनुभयो, उहाँले पनि दाइ नै भन्नुहुन्थ्यो । असाध्यै रिगार्ड (आदर) गर्नुहुन्थ्यो । मेरो रोलमोडल हो, नेपालको हिरो, के–के भन्नुहुन्थ्यो । तपाईं आउँदा खुसी लाग्यो भन्नुभयो । उहाँ (डा. सुरेन्द्र)लाई चित्त बुझेन भने त बालिग मान्छे, मन्त्री भइसकेको मान्छे ठीक लागेन जान्नँ भन्न सक्नुहुन्थ्यो नि ।
सामाजिक कामका लागि गएका थियौँ भन्नुभयो, कतिजना मान्छेलाई उद्धार गर्नुभयो त भनेर पनि प्रश्न गर्न सकिन्छ नि !
हेर्नुस्, मान्छे गन्दै हिँड्ने कुरा होइन । भक्तपुरमा धेरै बस थिए, जाम थियो, केटाकेटी पनि थिए । मैले एसपीलाई पनि टेलिफोन गरेँ । जाम छ, मान्छेको भीड छ, हेर्दिनुप(यो भनेँ । उहाँ (महेश बस्नेत) को पनि संसदीय क्षेत्र भयो । यी सन्दर्भ जोडिँदै गएपछि ती कुराहरू आए, त्यत्ति हो । तर, उहाँहरूले जसरी नचाहिने कुरा बोल्नुभएको छ, म पनि राम्रैसँग बोल्छु । म नागरिक हो नि । जथाभावी बोलेर आरोप लगाउने ? मनपर्दी बोल्न पाइन्छ ? त्यही भएर त मुलुक बिग्रेको त । यो सपार्नुपर्छ भन्ने हो ।
यातायातको अव्यवस्था छ, जाम लागेको छ भने त तपाईंले एक जिम्मेवार नागरिकको रूपमा ट्राफिक अथवा प्रहरी नेतृत्वलाई सिकायत गर्ने होला, कि आफैँ फिल्डमा जाने हो ?
भूपू आइजिपीले अब कुरै गर्न हुन्न, वहालवाला एसपीलाई भन्नै हुन्न भन्ने हो भने त अर्कै कुरा भयो । होइन नागरिकको दुःखको विषयमा कुरा भनियो, जे गर्न सकिन्छ स्थानीय प्रशासनले ग(यो । त्यसपछि अलि खुला पनि भयो, मान्छेलाई जान पनि सजिलो भयो । तलसम्म हेर्दै पनि गयौँ । आफैँ गएर काम गर्छु खुलाउँछु भन्ने होइन, तर अहिलेको अवस्था हेर्दा नियमभित्र बसेर मोनिटरिङ गर्ने भन्ने त हुन्छ नि ।
तपाईं अख्तियारको आयुक्त हुने भन्ने चर्चा छ, त्यसका लागि प्रधानमन्त्रीलाई गुन लगाउन तपाईं यसरी खटिनुभयो भन्ने छ नि ?
कतिलाई रमाइलो लाग्यो होला । डर पनि होला । कसरी आयो अख्तियारको आयुक्त हुने भन्ने कुरा ? यस्तो हुन्छ भनेर आफैँ अनुमान गर्नेहरू छन् । अब सर्वेन्द्र त अख्तियारको आयुक्त हुन्छ कि भनेर त्यसको विरुद्धमा लाग्नेहरू होलान् । म कता जान्छु, केमा जान्छु, के इच्छा छ, सबै उहाँहरूलाई भन्दै जानुपर्ने ? उहाँहरूले नै सबै कुरा सोचे भयो त । उहाँहरूको विषयमा त मैले सोचेको छैन । होला, सर्वेन्द्र केही बन्दै छ रे, त्यसैले गर्यो रे । के मेरा चाहना हुँदैनन् ? मैले प्रधानमन्त्रीज्यूलाई राम्रो छ भने राम्रो भन्न पाउँदिनँ । मुलुकमा कुनै काम भएको छ भने राम्रो भएको छ भन्न पाउँदिनँ ? त्यो अधिकार छैन ? उहाँहरूले जे पनि मनपर्दी भन्न पाउने, मैले राम्रो पनि भन्न नपाउने ?
तर यस्तो घटनामा नाम जोडियो, यसले तपाईंको व्यक्तित्वमा क्षति र्पुयायो अथवा झन् बलियो बनायो, के छ तपाईंको आत्ममूल्यांकन ?
नाम जोडियो होइन, जोडदियो । जोडदिनेले नचाहिने र्गयो नि । म नागरिकको सेवामा समर्पित हुन्छु । भूमिका मलाई केही छैन । कसैको लोभलालच होइन । कसैले तर्साउनुपर्दैन । मेरो आफ्नो किसिमले काम गर्दै जाने हो । भोलि मैले कुनै राजनीति गरौँ कि, सामाजिक काम गरौँ कि, कतै नियुक्ति नै लिएर जाऊँ कि, त्यसमा अरूले साह्रै टाउकै दुखाएर हिँड्नुपर्छ जस्तो मलाई लाग्दैन । मैले अहिलेसम्म गरेको कामको हिसाबले यसो गरौँ, यसो गर्दा होला भन्ने सल्लाह सुझाब छ भने लिन्छु ।
निर्मला पन्तलाई बलात्कार गरेर हत्या गर्नेलाई समात्न पो गाह्रो, सांसदलाई पकडमा ल्याउन त सजिलो छ भनेर तपाईंको विषयमा सामाजिक सञ्जालमा टिप्पणी भएको छ, त्यो हेर्नुभएको छ ?
ल हेर्नुस् त, कस्तो वाहियात ! कति घटनामा अपराधी समातेँ मैले, थाहा छ ? कस्ता घटनामा ज्यान जोखिममा राखेर काम गरेँ, हेर्नुभएको छ ? मुलुकमा संकट पर्दाको अवस्थामा कसरी काम गरेको छु, चाहे संविधानसभा, चाहे दुई–दुईवटा वार्ताका क्रममा । हेर्नुस् न अब धेरै कुरा भन्दै जान्छु । कसका लागि गरेको थिएँ त त्यो ? हामी सबैको लागि थिएन ? मैले कसैको केही खाएको होला त ? अपराधीसँग भिड्दै कसका लागि गएको थिएँ त ? म के पूर्वराज्यमन्त्रीजीलाई समात्न गएँ ? त्यस्तो सहृदय साथी भनिरहेको छु । रमाइलो कुरा होइन नि यो त । उहाँहरू राजनीति गर्नुहुन्छ त राजनीतिको होला नि एउटा पाटो । म त त्यो पनि निष्ठाको राजनीति हुनुपर्छ भन्ने मान्छे हो । भन्नुहुन्छ भने भोलि राजनीतिमा गएको अवस्थामा पनि त्यही कुरा गरेर जाने हो ।
निर्मला पन्तका हत्यारा छोप्न नसकेका सर्वेन्द्र खनालले सांसदलाई रातारात उठाएर काठमाडौं ल्याए
काठमाडौं – समाजवादी पार्टी फुटाउने खेलमा सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याएर होटेलमा राख्ने गतिविधिमा पूर्वआईजीपी सर्वेन्द्र खनाल पर्दापछाडि होइन, ‘फ्रन्टलाइन’मै संलग्न भए । उनलाई नजिकबाट चिनेका प्रहरी अधिकृत भन्छन् – उनको वास्तविक अनुहार यही हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !