जन प्रभाब-२०७७ बैशाख ७ गते !
सिरहा । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस (कोभिड – १९) सम्बन्धि सामाजिक संजाल मार्फत अपवाह फैलाउने एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेका छन् । ‘नेपालमा कोरोनाको संख्या ४९ पुग्यो’ भनेर सामाजिक सञ्जालमा गलत हल्ला फैलाउने सुरेश कुमार कर्ण फेसबुक आइडी भएका व्यक्तिलाई आइतबार दिनको १२ बजेर २५ मिनेटमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमा प्रसाद चतुर्वेदीले जानकारी दिनुभयो। उनलाई कोरोना बारे सामाजिक सञ्जालमा अपवाह फैलाएको भन्दै लक्ष्मीपुर पतारी गाउपालिका बाट नियन्त्रणमा लिएर अहिले ईलाका प्रहरी कार्यलय सुखिपुरमा राखिएको एसपी चतुर्बेदीले बताए ।
पक्राउ परेका कर्णले आइतबार बिहान करिब ७ बजेको समयमा सामाजिक सञ्जाल फेसबुकमा ‘‘नेपालमा कोरोनाको संख्या ४९ पुग्यो’ , भनेर सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए । सामाजिक सञ्जालमा गलत हल्ला फैलाएर भ्रम सिर्जना गर्न खोजेकाले उनलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको चतुर्बेदीले जनाएको छ। प्रहरीले थाहा पाए पछि कर्णले त्यो पोष्ट डिलिट गरेका थिए।

















