जन प्रभाब
सिरहा, बैशाख ५ गते । लकडाउनका बेला लहानको विभिन्न क्षेत्रबाट नदीजन्य सामग्री ओसार्ने ७ वटा ट्याक्टरलाई लहान प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको फाइदा उठाउँदै लहान नपा. वडा नं. १४ स्थितमा रहेको खुट्टी खोलावाट अबैध रुपमा उत्खनन गरी रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय लहान बाट खटिएको सादा पोशाक टोलीले स.१.त ७१८० नं. को गिट्टी लोड भएको ट्याक्टर नियन्त्रणमा लिएको हो । स १ त ६७९५ र स.१त २६४६ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका तीनैवटा ट्याक्टर ईलाका प्रहरी कार्यालय लहानमा राखिएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत थापा श्रेत्रिले जानकारी दिए । त्यस्तै, ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी थापाका अनुसार बालुवा ओसारिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिइएको हो । लकडाउन उल्लंघन गरी लहान नगरपालिकाको विभिन्न ठाँउमा स.१.त २५४६, स.१.त ३७४९ , स.१त १६८९ र स.१त ४४२३ नं. को बालुवा लोड भएको ट्याक्टर लहान प्रहरी नियन्त्रणमा लिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !