जन प्रभाब-२०७७ बैशाख ४ गते !
सिरहा । सिरहा प्रहरीले बहुविवाह मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा
सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका-३ बस्ने ३३ संजय कुमार यादव छन् ।
गएको मंसिर १४ गते इलाका प्रहरी कार्यालय महेशपुरपतारी सिरहाको प्रहरी हिरासतबाट यादव फरार रहेको थियोे ।
पक्राउ परेका यादवलाई बिहीबार घरमा लुकीछिपी बसेको अबस्थामा इलाका प्रहरी कार्यालय महेशपुरपतारी सिरहाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी बिनोद घिमिरेले जानकारी दिनु भयो छ ।
यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय महेशपुरपतारी सिरहामा ल्याई थप अनुसन्धान भरहेको महेशपुर पतारीका प्रमुख प्रहरी निरीक्षक अर्बिन्द कुमार साहले जानकारी दिए ।

















