जन प्रभाब सम्बादाता / २०७७ बैशाख १४ गते .
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अपहरणजस्तो गम्भीर अपराधमा प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। प्रहरीले किटानी जाहेरी लिन नमानेको अवस्थामा संचारकर्मीहरूसँग बोल्दै अधिवक्ता त्रिपाठीले सञ्चार माध्यममा अपहरणको विषय आइसकेपछि प्रहरीले आफै अनुसन्धान सुरु गर्नुपर्नेमा किटानी जाहेरी लिएर जाँदा पनि दर्ता नगर्नु दुखद् भएको बताए।
प्रहरीले घटनास्थल महोत्तरीलाई भएको दाबी गर्दै महोत्तरी नै जान सुझाव दिएको छन्। तर उनले महोत्तरीबाट उठाएर ल्याएपनि म्यारियट होटल ल्याइएकाले परिसरकै क्षेत्राधिकार भएको भन्दै मुद्दा दर्ता उनले विश्वास व्यक्त गरे।
‘म्यारियट होटल काठमाडौंमा नै पर्छ। यो एउटा गम्भीर अपराध हो। प्रहरीले दर्ता गर्नै पर्छ,’ उनले भने।
प्रहरी परिसर टेकुका कार्यालय प्रमुख नभएको सो किटानी जाहेरी दर्ता गराउन उनले माग गरेका छन्। पिडितका तर्फबाट किटानी जाहेरीका लागि उनी पनि महानगरीय प्रहरी परिसर टेकु पुगेका छन्। जाहेरी दर्ताकै प्रक्रियामा रहेको समेत उनले बताए।
प्रहरीले किटानी जाहेरी नगरेको भन्दै समाजवादीका नेताहरूले सरकारप्रति असन्तुष्टि व्यक्त गरिसकेका छन्।

















