काठमाडौं । सिरहाको मिर्चैया नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दोहोरिएका छन्। २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित मेयर र उपमेयर पुनः विजयी भएका हुन्।

माओवादीका मेयर उम्मेदवार श्रवणकुमार यादवले ५ हजार २३३ मत प्राप्त गरी विजयी भएका हुन्। यादवका निकटतम नेपाली कांग्रेसका सिताराम यादवले ४ हजार ७१० मत ल्याएका छन्।
त्यस्तै, उपमेयरमा जिवछी-देवी ५ हजार ७० मत प्राप्त गरी विजयी भएकी छन्। उनको निकटतम प्रतिद्वन्द्वी अनिता साहले ५ हजार २६ मत ल्याएकी छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !