काठमाडौं । प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोल सचिवालयको आयोजनामा लियोनमा सञ्चालन हुने ‘हेड अफ एनसीबी कन्फरेन्स’ मा भाग लिन एआईजी दीपक थापाको टोलीले फ्रान्स प्रस्थान गरेको छ ।

आइतबार एआईजी थापासाथै एसपी कोमल शाहको टोली आइतबार फ्रान्स प्रस्थान गरेको हो । हेड अफ एनसीबी कन्फरेन्सको मुख्य रूपमा ‘सिनारिओ अफ क्राइम अगेन्सट चाइल्ड’ विषय लगायत अन्तराष्ट्रिय स्तरमा हुने अपराधहरुको विषयमा छलफल हुने बताइएको छ ।
इन्टरपोलका १९६ सदस्य राष्ट्रहरुका एनसीबीका प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारीहरूबीच समन्वय तथा सहकार्य हुने बताइएको छ ।
यसका साथै समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा क्षमता विकासका विषयहरूमा एसिया एन्ड द साउथ प्यासिफिक रिजनल राउन्ड टेबल मिटिङ पनि हुने बताइएको छ । हरेक वर्ष हुने यो कन्फरेन्स २०२५ फ्रेबुअरी ११ देखि १३ सम्म लियोनमा हुने छ ।