Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

निगममा भएका जहाजको प्रभावकारी व्यवस्थापन र आवश्यक जहाज खरिदका लागि कार्ययोजना


निगममा भएका जहाजको प्रभावकारी व्यवस्थापन र आवश्यक जहाज खरिदका लागि कार्ययोजना


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले वायु सेवा निगमसँग पर्याप्त विमान नहुनु विडम्बना भएको बताउँदै विमान थप्न नेपाल सरकारले सहयोग गर्ने बताएका छन् । मन्त्रालयका सचिव महेश्वर न्यौपानेको सम्मानमा नेपाल वायुसेवा निगममा आयोजित स्वागत कार्यक्रममा बोल्दै आलेले आफूले दवावमा परेर काम नगर्ने दृढता व्यक्त गर्दै निगमसँग भएको दक्ष प्राविधिक एवं प्रशासनिक जनशक्तिलाई पूर्ण उपयोग गरी जहाजको संख्या बढाउने र भाडा प्रतिस्पर्धी गर्ने बताएका हुन् ।

निगमलाई कम्पनीकरण नगरिने मन्त्रीस्तरिय निर्णय भएको पनि जानकारी गराउँदै निगमको उन्नति र प्रगतिमा साथ दिएर राष्ट्रिय ध्वजावाहकको गरिमा बढाउने प्रतिवद्धता व्यक्त गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमलाई निजीकरण नगर्ने बताएका छन् ।

नयाँ सडकस्थित निगमको मुख्यालयमा आयोजित निगम व्यवस्थापनसँगको अन्तरक्रियामा मन्त्री आलेले स्वार्थ समूहको प्रभावमा निगमलाई निजीकरण गर्ने खेल भएको भन्दै निगमलाई निजीकरणबाट रोकिने विश्वास व्यक्त गरे ।स्मरणीय के छ भने निगमलाई कम्पनी मोडलमा लगेर निजीकरण गर्न खोजिएको भन्दै निगमभित्रका कर्मचारी सङ्गठनले १०४ दिनसम्म आन्दोलन गरेका थिए ।

निगमलाई कौडीको भाउमा बिक्री गरेर स्वार्थसिद्ध गर्न खोजेको आरोप लगाउँदै निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलको राजीनामा मागेर उनीहरुले आन्दोलन गरेका थिए । जसका कारण महाप्रबन्धक पौडेल १०२ दिनसम्म कार्यालय पुग्न सकेका थिएनन् । पर्यटनमन्त्रीले कर्मचारी युनियनसँग सहमति गरेपछि आन्दोलन स्थगित भएको थियो ।

कर्मचारीको भावनाबमोजिम निगमका कार्यकारी अध्यक्षमा निगमकै अवकासप्राप्त कर्मचारी युवराज अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो । निगमका महाप्रबन्धकलाई हाल मन्त्रालयमा हाजिर गराइएको छ । अधिकारीको नेतृत्वमा हाल निगमभित्र सुधारका काम भइरहेको छ । जुन तीनवटै कर्मचारी सङ्गठनका अध्यक्षले स्वयं बताइरहेका छन् ।


निगम व्यवस्थापन र कर्मचारीबीच पर्यटनमन्त्री आलेले निगमलाई निजीकरण नगर्ने घोषण गर्दै निजीकरण गर्ने प्रक्रियाबाट रोकेको मन्त्रालयको पत्र पढेर सुनाएका थिए। मन्त्रीको उक्त निर्णयलाई कर्मचारीले तालीले स्वागत गरेका थिए । यसअघिको व्यवस्थापनले निगमलाई निजीकरण गर्ने निर्णय गरी मन्त्रालयमा कार्ययोजना पठाएको थियो ।पर्यटनमन्त्री आलेले एक हजार २०० भन्दाबढी कर्मचारी भएको निगममा साना ठूला गरी जम्मा आठ वटा मात्रै जहाज हुनु लज्जाको विषय हो भन्दै निगममा भएका जनशक्तिलाई कसरी उपयोग गरिन्छ भनी प्रश्न गर्नुभयो ।

उनले भने, “विगतमा जहाज नउडाएर ग्राउण्डेड गराउँदा अहिलेको अवस्था आयो । मर्मतमा करोडौँ खर्च हुने देखिन्छ । त्यसैले अब निगममा जहाज थपेर प्रतिस्पर्धी बजारमा खरोरुपमा उत्रिन जरुरी छ ।”उनले निगमका जहाजलाई अब पनि त्रिपाल हालेर घाममा सुकाउने नभई बढीभन्दा बढी व्यावसायिक गन्तव्यमा उडान विस्तारका लागि कार्ययोजनाका साथ प्रस्तुत हुन निगम व्यवस्थापनलाई निर्देशन दिएका छन् ।

पर्यटनमन्त्री आलेले निगमले सम्हाल्दै आएको भूमिस्थ सेवालाई निजी एयरलाइन्सलाई दिन नसकिने बताए। निगमको बढ्दो घाटा कम गर्न निगमको स्रोत, साधन र जनशक्तिलाई प्रभावकारीरूपमा परिचालन गर्दै आर्थिक मितव्ययिता अपनाउन आग्रह गरेका छन्। उहाँले निगमलाई सुधार्न र व्यवसाय प्रवद्र्धनका लागि जहाज खरिदलगायतका विषयलाई कार्ययोजनाका साथ मन्त्रालयमा पेश गर्न अनुरोध गर्दै त्यसलाई सम्बन्धित मन्त्रालयमा प्रक्रियागतरूपमा अघि बढाइने विश्वास दिलाए ।

पर्यटनमन्त्री आलेले आफू नेतृत्वमा रहुन्जेल निगम सञ्चालक समितिमा निजी क्षेत्रका कुनै पनि प्रतिनिधि रहन नदिने प्रतिबद्धता जनाएका छन् ।पर्यटनमन्त्री आलेले विदेशमा पसिना बगाएर मुलुकमा विप्रेषण भित्र्याउने वैदेशिक रोजगारीमा जाने श्रमिकको सम्मानका लागि निगमले कम्तीमा पनि ४० वटा सस्तो टिकटको व्यवस्था गर्न निगम नेतृत्वलाई निर्देशन दिएका छन् । । निगमले यसअघि २० वटा यस्तो टिकट उपलब्ध गराउने गरेको थियो । उनले रोजगारीमा जाने मजदुरलाई निगम हाताभित्रैबाट टिकट दिलाउने र बिचौलियाबाट रोक्ने गरी व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

मन्त्रालयका सचिव न्यौपानेले कर्मचारीको प्रतिवद्धता उडानमा नियमितता र सेवाको गुणस्तरमा बृद्धि गरी निगमलाई माथि उठाउन सकिने बताए । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमको व्यापार हिस्सा बढाउन र यसको साखलाई अभिवृद्धि गर्न मन्त्रालय पनि गम्भीर रहेको बताए । उनले व्यावसायिक कार्ययोजनाका साथ उपलब्ध स्रोत, साधन र जनशक्तिको भरपुर उपयोग गरी खर्च कम गरेर नाफा बढाउनेतिर लाग्न निगम व्यवस्थापनलाई निर्देशन दिएका छन ।

उनले निगमलाई जहाज थपेर सेवालाई गुणस्तरीय र भरपर्दो बनाइनुपर्ने आवश्यकता औँल्याए ।निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ९९ प्रतिशत कर्मचारी निगमप्रति प्रतिवद्ध भएको परिणाम स्वरुप खतराजन्य सामान ढुवानी गर्ने दायित्व पाएको, ख्यातिप्राप्त विमान कम्पनीले निगमको टिकट उपयोग गर्ने सहमति गरी निगमले विश्वमा प्रतिष्ठा आर्जन गरेको र अन्तर्राष्ट्रिय बिक्री कक्षमा नेपाली उत्पादन बिक्री गर्ने बिक्रीकेन्द्र खोली नेपाली घरेलु उत्पादनको बजार विस्तारमा सहयोग पु¥याउने प्रयास गरेको जानकारी गराए ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको आन्तरिक तथा अन्तर्राष्ट्रिय गन्तव्यमा बजार हिस्सा बढाउने गरी भएका जहाजको प्रभावकारी व्यवस्थापन र आवश्यक जहाज खरिदका लागि कार्ययोजनाका साथ अघि बढेको जानकारी दिए । उनले निगमको प्रमुख आयस्रोत भूमिस्थ सेवा खोस्न निजी एयरलाइन्स लागि परेको भन्दै निगमको भविष्यसँग जोडिएको यो सेवालाई निगमले नै पाउने गरी निर्णय गर्न पर्यटनमन्त्रीसमक्ष अनुरोध गरेका छन्। उनले निगमले विश्वका प्रख्यात एयरलाइन्ससँग सहकार्य गरेर निगमकै टिकटमा निगमका जहाज नपुग्ने विश्वका विभिन्न गन्तव्यमा पनि यात्रुले यात्रा गर्ने वातावरण सिर्जना भएको भन्दै यसले निगमको साखलाई उँचो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।


निगमले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गन्तव्यमा उडान गर्ने आवश्यक जहाज खरिद गर्नका लागि सरकारसँग रु १५ अर्ब माग गरेको छ ।निगमका अध्यक्ष अधिकारीले निगमको उडान विस्तार गरी व्यापार प्रवद्र्धनका लागि उक्त रकम आवश्यक भएकाले नयाँ जहाज खरिदको कार्ययोजना बनाइएको जानकारी दिएका छन् । उनले केही दिनमै नयाँ जहाज खरिदबारे कार्ययोजना निगम सञ्चालक बोर्डले निर्णय गरेर पर्यटनमन्त्रीसमक्ष पेश गरिने जानकारी दिए ।

उनले भने, “निगमको अहिले ऋण दायित्व खराब अवस्थामा छ । यो रकम पूँजी वृद्धिका लागि प्राप्त होस्, हामी कर्मचारीको तलबमा लगाउँदैनौँ, यसले निगमलाई हालको घाटाबाट मुक्ति दिलाएर व्यावसायिक लाभ हासिल गर्न सहयोग पुग्छ ।”निगमका कर्पोरेट निर्देशक अर्चना खड्काले निगमको वर्तमान अवस्था र भावी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए ।

निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगी, वायुसेवा निगम कर्मचारी सङ्घका अध्यक्ष मानबहादुर कुँवर र वायुसेवा कर्मचारी सङ्गठनका अध्यक्ष राजु श्रेष्ठले निगमलाई निजीकरण गर्ने नाममा स्वार्थ समूहको खेलबाट जोगाउन कर्मचारीले सङ्घर्ष गरेर अहिलेको अवस्था आएको भन्दै निगमको व्यापार हिस्सा बढाउन जहाज थपेर नयाँ रणनीतिक योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए । निगमले अन्तर्राष्ट्रियमा दुई वाइड बडी र दुई न्यारो बडी जहाजमार्फत सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ । आन्तरिकतर्फ हाल दुई साना जहाजले १७ गन्तव्यमा उडान गरिरहेको छ ।


नेपाल वायुसेवा निगमका पूर्व अध्यक्षलाई दिने गरेको नि:शुल्क टिकट सुविधा खारेज हुने भएको छ। पर्यटनमन्त्री प्रेम आलेले सुविधा मंगलबारदेखिनै खारेज गर्न निगम व्यवस्थापनलाई निर्देशन दिएको बताए। पर्यटनसचिव महेश्वर न्यौपानेको सुझाबमा यो सुविधा खारेज गरेको आलेले बताए।यो सुविधा अन्तर्गत निगमको पूर्व अध्यक्षले अन्तर्राष्ट्रिय तर्फको उडानमा वार्षिक चारवटा नि:शुल्क हवाई टिकटको सुविधा दिँदै आएको थियो।यो सुविधा निरन्तरता दिँदा निगमको वार्षिक रुपमा दायित्व बढ्दै गएको थियो।

Tags: निगममा भएका जहाजको प्रभावकारी व्यवस्थापन र आवश्यक जहाज खरिदका लागि कार्ययोजना## मन्त्रालय ##
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
अन्य

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

7 months पहिले
पूर्व प्रहरी महानिरीक्षक सिंहबाट नवनियुक्त आईजिपी थापालाई बधाई तथा शुभकामना
अन्य

पूर्व प्रहरी महानिरीक्षक सिंहबाट नवनियुक्त आईजिपी थापालाई बधाई तथा शुभकामना

12 months पहिले
एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान
अन्तर्राष्ट्रिय गुप्तचर , अन्तर्राष्ट्रिय सुरक्षा , Raw / NIA / isi

एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान

1 year पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

1 year पहिले
पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा पाँच रुपैयाँ घट्यो
अन्य

पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा पाँच रुपैयाँ घट्यो

2 years पहिले
नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा
कृषि / समान / कृषि मन्त्रालय

नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा

2 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh