काठमाडौं । जनता समाजवादी पार्टी ( जसपा ) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिपक्षीय धर्म निभाउने संकेत गरेको भन्दै त्यसको सराहना गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटर मार्फत डा. भट्टराईले यस्तो बताएका हुन् ।


उनले भने,‘अन्ततस्प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ।अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं।

















