Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कसरी भाग्यो १५ किलो पहेँलो धातु र पेस्तोल फाल्ने स्कार्पियो ? पूर्वप्रहरी अधिकारी भन्छन् : प्रहरीको कमजोर अप्रेसन


  • काठमाडौं,साउन १४ गते बुधबार ।।
  • जनप्रभाब-सम्बादाता


काठमाडौं प्रहरीले मंगलबार १५ किलो पहेँलो धातु र २ थान पेस्तोल बरामद गर्‍यो । १५ किलो धातुमध्ये ५ सय ग्राम मात्रै सुन भएको प्रमाणित भएको र बाँकी चाँदी र अन्य धातुमा सुनको मात्रै जलप भेटिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीले पत्रकार सम्मेल गरेर नै सो कुराको जानकारी दिएका हुन् । जाँच नहुँदासम्म प्रहरीलाई उक्त परिमाणमा भेटिएको पहेँलो धातु सुन नै हो कि भन्ने अनुमान गरेका थिए ।

तर, जाँचपछि भेटिएको १५ किलोमध्ये ५ सय ग्राम मात्रै सुन भएको प्रमाणित भएको हो । उक्त पहेँलो धातु र पेस्तोल कसकाे हो भन्नेबारे भने प्रहरी अनुसन्धानकै क्रममा रहेको एसएसपी ज्ञवालीको भनाइ छ ।

प्रहरीले फेला पारेको पेस्तोल लोड नभएको अवस्थामा फेला पारेको थियो ।

कसरी फेला पार्‍यो प्रहरीले सुन र पेस्तोल ?

मंगलबार बिहान ९ बजे प्रहरीले अकस्मात् कमलादीबाट महेन्द्र सालिकतर्फ जाने सडकमा चेक प्वाइन्ट थाप्यो । दरबारमार्ग प्रहरीलाई उक्त क्षेत्रमा तस्करीको सुनको कारोबार हुँदै छ भन्ने सूचना आएको थियो ।

सोही सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहालसहितको टोलीले चेक प्वाइन्ट थापेका थिए । सोही क्रममा कृष्ण पाउरोटीबाट कमलादीतर्फ सिल्भर रङको बा६च ५५१९ नम्बरको स्कार्पियो तीव्र गतिमा आयो ।

प्रहरीले स्कार्पियोलाई रोक्न खोज्यो । तर, चालकले गाडी रोक्नुको साटो गाडीभित्रबाट सेतो झोला प्रहरीतिर फालेर तीव्र गतिमा कमलादीतर्फ भाग्यो । सोही झोला जाँच गर्दा प्रहरीले १५ किलो पहेँलो धातु र २ थान पेस्तोल फेला पारेको हो ।

कमजोर प्रहरी अप्रेसन

प्रहरीलाई कमलादी क्षेत्रमा तस्करीको सुनको कारोबार भइरहेको सूचना पहिला नै थियो । सोही सूचनाका आधारमा प्रहरी चेक प्वाइन्ट राखेर अप्रेसनमा निस्किएको हो । तर, प्रहरीको उक्त चेक प्वाइन्टमा कमाण्ड कमजोर हुँदा प्रहरीको चेक प्वाइन्टबाट नै १५ किलो पहेँलो धातु र २ थान पेस्तोल फाल्ने अपराधी प्रहरीकै अगाडि स्कार्पियोसहित भाग्न सफल भएका हुन् ।

प्रहरीले उक्त स्कार्पियोलाई पिछा गर्न नसकेको जनाएकाे छ । तर, उपत्यकाकै प्रमुख स्थान कमालादीबाट नै दिउँसै अपराधी स्कार्पियोसहित भाग्नुलाई सुरक्षाको हिसाबले कमजोरी मानिने केही पूर्वप्रहरी अधिकारीको बुझाइ छ ।

कमलादीको चेक प्वाइन्टबाट पहेँलो धातु र पेस्तोल छाडेर गाडीसहित अपराधी भाग्नुलाई सामान्य घटना मान्न नसकिने पूर्वडीआईजी हेमन्त मल्लको भनाइ छ ।

‘घटनाको प्रकृति हेर्दा ठ्याक्कै प्रहरीको अप्रेसन कमजोर भन्नै त मिल्दैन । तर, प्रहरीले पाएको सूचना अपूराे जस्तो लाग्छ । अर्को अप्रेसनमा पनि केही तयारी नपुगेको हो कि भन्ने देखिन्छ,’ मल्लले भने । यस्तो कमजोरीले प्रहरीमाथिको शंकाको सुविधा बढ्ने उनको भनाइ छ ।

प्रहरीले चेक प्वाइन्टबाट पहेँलो धातु र पेस्तोल फाल्ने गाडी र चालक नियन्त्रणमा लिन नसके पनि नम्बर प्रहरीले टिप्न सफल भएका कारण केही दिनमा अपराधी प्रहरीको नियन्त्रणमा आउने एसएसपी ज्ञवालीको दाबी छ ।कृष्णसिंह लाेथ्याल

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
अन्य

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

11 months पहिले
पूर्व प्रहरी महानिरीक्षक सिंहबाट नवनियुक्त आईजिपी थापालाई बधाई तथा शुभकामना
अन्य

पूर्व प्रहरी महानिरीक्षक सिंहबाट नवनियुक्त आईजिपी थापालाई बधाई तथा शुभकामना

1 year पहिले
एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान
अन्तर्राष्ट्रिय गुप्तचर , अन्तर्राष्ट्रिय सुरक्षा , Raw / NIA / isi

एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान

1 year पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

2 years पहिले
पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा पाँच रुपैयाँ घट्यो
अन्य

पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा पाँच रुपैयाँ घट्यो

2 years पहिले
नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा
कृषि / समान / कृषि मन्त्रालय

नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा

2 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh