जनकपु,असार १ गते सोमबार ।
प्रदेश नम्बर २ सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको छ ।
आज सोमबार आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले चौथो अधिवेशनको ११ औं बैठकमा प्रस्तुत गरेको वार्षिक आय व्यय विवरणमा चालु तर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात ४५.९५ प्रतिशत रकम विनियोजन गरिएको हो ।
यसैगरी पूँजीगततर्फ पूँजीगत तर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार अर्थात ५३.६७ प्रतिशत, वित्तिय व्यवस्थातर्फ १६ करोड अर्थात ०.४८ प्रतिशत विनियोजन गरिएको हो ।
बजेटको स्रोतमा नेपाल सरकारको तर्फबाट अनुदान १३ अर्ब ४० करोड ५९ लाख र चालु आर्थिक बर्षको नगद मौज्दात ६ अर्ब ९१ करोड २२ लाख २९ हजार रहेको मन्त्री यादवले जानकारी दिए ।
आगामी आर्थिक बर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये आन्तरिक श्रोतको राजश्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार र न्युन देखिएको १ अर्ब पूर्ति गर्नका लागि आगामी आर्थिक बर्षमा आन्तरिक ऋण परिचालन गरिनेछ ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आर्थिक बर्षमा २ अर्ब ३५ करोड विनियोजन गरिएको छ । प्रदेशभरका स्थानीय तहहरुलाई आगामी आर्थिक बर्षमा सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान वापत रु.२ अवि ८३ करोड ६० लाख विनियोजन गरिएको छ ।
प्रदेश २ सरकारले गत आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश २ सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो । जसमा चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार रुपैयाँ छुट्याइएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !