काठमाडौं, जेठ १४ गते बुधबार । प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटेको छ । संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बुधबारको बैठकमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको थियो ।
संशोधन विधेयक पेस हुने भएपछि सर्वसम्मत पारित गराउन सरकारले पहल थालेको बताइएको छ । तर, बुधबार यो विषय कार्यसूचीबाट हटाइएको छ । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संविधान संशोधन विधेयक आजको कार्यसूचीबाट हटेको जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !