जन प्रभाब-सम्बादाता / २०७७ जेठ ९ गते शुक्रबार ।
सिरहा : भारतीय सीमाक्षेत्रका क्वारेन्टाइनमा बसेकाहरू चोरबाटो हुँदै प्रवेश गर्न थालेपछि सशस्त्र प्रहरी बल नेपाल FOB आभेनगरका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक रोहित भुजेलले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्न थालेको छ । शुक्रबार सम्म ४३ जनालाई नियन्त्रणमा लिइएको छ ।


रोजगारीका लागि भारत गएकाहरू कोरोना संक्रमणपछि घर फर्कन लागेका हुन् । दुवै देशको सीमा सिल भएकाले उनीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले क्वारेन्टाइनमा राखे पनि पछिल्लो समय सीमाक्षेत्र ल्याएर छाडिदिने गरेको छ । ‘हामीले सीमामा निगरानी बढाएका छौं, भारतका विभिन्न सहरबाट सीमासम्म आएकाहरू चोरबाटोबाट छिर्न खोज्ने गरेका छन्,’ सशस्त्र प्रहरी बल नेपाल FOB आभेनगरका प्रमुख भुजेलले भने, ‘यसरी आउनेलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ ।’
प्रायजसो नै सुरक्षाकर्मीले खासै स्याब्बासी पाउदैनन् । तर पछिल्लो समयमा सिमा खटिएका सुरक्षाकर्मीको अवस्था हेर्दा उनिहरु धेरै जोखिम र कष्ठ सहेर सिरहाबासीको स्वास्थ्य सुरक्षार्थ खटेकाछन् । लागिपरेकाछन् । दिनरात नभनि डिउटी गरिरहेकाछन् ।
भारतमा कोरोना संक्रमणको महामारी रहेकाले त्यताबाट मानिसहरु नेपाल प्रवेस हुनसक्ने भएकाले यो खतरा रोक्न अहिले त्रिपालको भरमा त्यहाँ सुरक्षाकर्मी चुनौतीको सामना गर्दै बसिरहेकाछन् । पालको बसाइ, पानी पर्योे भने पनि समस्या छ / लामखुट्टे, सर्प लगायतको पनि त्यतिकै डर छ। यश ठाउँमा ड्युटी गरिरहेकै स्थानमा बसेर खाना पकाएर खाने र नजिकै अस्थायी शौचालयको व्यवस्था गरिएको छ।
“खटिएका स्थानमा पैदल नै गस्ती गर्नुपर्ने वाध्यता छ। सवारी साधनको व्यवस्थापन गर्न सकिएको छैन”, भुजेलले भने, “सम्बन्धित निकायमा हामीले त्यहाँ खटिने कर्मचारीका लागि आवश्यक पर्ने श्रोतसाधनको माग गरेका छौं।” सशस्त्र प्रहरी मुख्यालयले नै उनीहरुको सुरक्षाका लागि मास्क, स्यानिटाइजर, हात धुने साबुन, थर्मोमिटर लगायतको व्यवस्था गरेको छ।
यसैक्रममा राजनीतिक दलका स्थानीय नेताले शशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक रोहित भुजेलको खुलेर प्रशंशा गरेकाछन् । जनता समाजबादी पार्टीका स्थानीय नेता राम कुमार यादवले भुजेलको नेतृत्वमा सिमामा भएको कामको प्रशंशा गर्दै फोटो सहित स्टाटस नै हालेकाछन् ।


















