सिरहा,जेठ ९ गते शुक्रबार । सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा नमुना काज भएको छ । कर्जनहा नगरपालिका वासीको प्रत्यक्ष सेवा सुविधाको लागी कर्जन्हा नगरपालिकाको जनताको घर विद्युत मिटरकको दुई महिनाको शुल्क तिरेको छ ।
कर्जन्हा नगरपालिकाका नगर प्रमुख गंगा पासमान र प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह संयूक्त रुपमा विद्युत प्राधिकरण मिर्चैयाको विद्युत महसुल वाप्त १४ लाख ३० हजार ५ सय ६४ रुपैया बुझाएको हो । मिर्चैया विद्युत प्राधिकरणको प्रमुख दिगम्बर यादव चेक हस्तान्तरण गर्दै कर्जन्हा नगरपालिका प्रदेश २ मा मात्र नभई देशभरिमै नमुना काम गरेको छ ।
कर्जन्हा नगरपालिकाको यो कामले निकै प्रसंशा र चर्चा रहेको छ । विद्युत महसुल नगरपालिकाले तिरिदिए पछि लकडाउनको समेत पालना गर्नेमा सहयोग पुर्याएको छ्ह साथै नगरवासीको सूरक्षा गरेको बताइएको छ । कर्जन्हा नगरपालिकाको ६ हजार ६ सय ६४ घर परिवारमा लागल विद्युत मिटरको २ महिनाको सम्पुर्ण शुल्क तिर्ने प्रमुख प्रशासकिय अधिकृत साह जानकारी दिनु भयो । जनताको सेवा सुविधामा आफू दिनराती लागेको र थप सेवाको कामकाजमा लागेको नगर प्रमुख पासमान बताएका छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !