काठमाडौँ , जेठ ६ गते मंगलवार । प्रतिनिधिसभालाई आज मंगलवार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनको खुट्टामा समस्या देखा परेको हो ।
‘सभामुखज्यू मलाई उभिएर बोल्न गाह्रो भयो,’ ओलीले भनेका थिए, ‘स्वास्थ्यका कारण गाह्रो भयो । अपरेसन गरेकाले समस्या भएको छ ।’
प्रधानमन्त्रीलाई गाह्रो भएपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद्का महासचिवलाई कुर्सीको व्यवस्था गरिदिन निर्देशन दिएका थिए ।
रोष्ट्रममा उभिएर बोलिरहेका प्रधानमन्त्रीलाई कुर्सीको व्यवस्था गरिएको छ । उनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !