सिरहा , जेठ ३ गते सनिवार । कोरोना भाइरस महामारीका कारण ५३ औ दिनको लडाउन पिडित विपन्न, गरिब तथा मजदुरलाई दैनिक छाक टार्न भईरहेको समस्यालाई विशेष ध्यानमा राखी नवराजपुर गाउँपालिका, सिरहाले राहत वितरण कार्य शुरू गरको छ । पहिलो दिनको राहत वितरण कार्य वडा नम्बर – ४ र २ बाट शुरू गरेको हो ।
गाउँपालिकाको पाँचै वडाबाट ३ हजार ३ सय ३९ घरधुरी परिवारका विपन्न तथा मजदुरका दोस्रो चरणका राहतका लागि तथ्याङ्क संकलन भई स्वीकृत भएको छ । वडा नं. १ मा ८ सय ७ घरपरिवार, वडा नं. २ मा २ सय ६६ घरपरिवार, वडा नं.३ मा ८ सय घरपरिवार, वडा नं.४ मा ६ सय ४० घरपरिवार गरी वडा नं. ५ मा ८ सय २६ घरधुरी परिवारका लागि राहत सामग्री सम्बन्धी वडामा पठाई सकेको छ ।
पहिलो चरणको राहत वितरण कार्य दलित घरपरिवारलाई सकिएको छ । अब दोस्रा चरणको राहत वितरण कार्यलाई सफल बनाउन राहत सामग्री तथ्याङक नामावली अनुसार सामाजिक दुरीलाई विशेष ध्यानमा राखी सहज रूपमा प्रदान गरिने प्रशासकिय प्रमुख अमरेन्द्र कुसियतले बताउनु भयो । राहत लिन कुनै समस्या तथा लक्षीत वर्ग तथ्याङ्कमा नाम नै नभएका कारण छुट भएमा गाउँपालिका कार्यलयमा सम्पर्क गरि लिन सकिने जानकारी पनि कुसियतले दिनु भयो ।
सामाजिक दुरीलाई विशेष ध्यानमा राखि राहत वितरण गर्ने प्रक्रिया मिलाईएको छ । जनतालाई राहत लिन कुनै पनि समस्या हुन नदिन वितरण स्थलमा सम्पूर्ण व्यवस्थापन गरिएको छ । कुनै पनि कारणले असहज परस्थिति भएमा सबैले सहयोग तथा समन्वय गरि वितरण कार्यलाई सहज बनाउन सम्पूर्ण जन समुदायिलाई अध्यक्ष विश्वमोहन प्रसाद यादबले अनुरोध पनि गर्नु भयो ।
विपन्न तथा मजदुरका लागि सर्वदलिय बैठकको निर्णय अनुसार प्रत्येक लक्षीत परिवारलाई १५ के। जि। चामल, १.५ के। जि। चनाको दाल, १ के। जि। नुन, १ के। जि। तेल, १ के। जि। चिनी, २ पिस साबुन राहत प्यकेजमा वितरण गरिएको छ । राहत लिने लक्षीत वर्गले राहत ढिलो भएपनि गुणस्तरीय र ठोस प्यकेज पाएपछि खुशी देखिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !