सिरहा,जेठ ३ गते सनिवार । सिरहा जिल्लाको भगवानपुर गाउँपालिका-१ मा मिति २०७७ बैशाख २९ गते प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुरमा स्वाव टेस्ट (पी सि आस ) कलेक्शन भएको थियो ।
जसमा ३५ जनाले स्वाव कलेक्शनका लागी नमुना दिएका थिए । नमुना कलेक्शन गरेका मध्ये १२ जनाको रिपोर्ट नेगेटीभ आएको भगवानपुर गाउँपालिकाका स्वास्थ्य संयोजक लक्ष्मण मण्डलले बताए । आज जारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तीमा सिरहा सखुवा – १९ का ३० बर्षिय एक पुरुष पोजेटीभ भएको पुष्टी गरिएको छ ।
सिरहा जिल्लाको सखुवानन्कारकट्टि – १९ नरहेकोले जिल्लाबासी एकछीन अन्यौलमा रहेको स्थानियहरु बताउँछन सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर –१ लतीयाहीका एक पुरुष रहेको अनुमान गरिएको छ । सो टोलका ३० बर्षिय पुरुष फल्गुन २८ गते साउदी अरबबाट घर आएको बुझिएको हो । उनी आफै स्वास्थ्य केन्द्रमा पुगेर स्वाव र पिसिआर टेष्को लागी नमुना दिएका थिए ।
उनको उमेर मिल्दो जुल्दो रहेकोले अनुमान मात्र गर्न सक्ने अबस्था रहेको स्वास्थ्य संयोजक मण्डलले जानकारी दिनुभयो । मन्त्रालयका बिज्ञप्ती अनुसार हामी पनी अन्यौलमा छौ । हामी जिल्ला स्वास्थ्य कार्यलय सिरहा लगायत जिल्ला प्रशासन कार्यालयमा बुझने प्रयास गरिरहेको उनले बताए ।
यता जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख सरोज गुरागाँईले सखुनन्नकारकटी गाउँपालिका वडा नम्बर १ कै पुरुष रहेको बिभिन्न संचारमाध्यमा दाबी गरेका छन ।

















