सिरहा, जेठ १ गते । भारतको विभिन्न स्थानवाट सिरहाको सिमाक्षेत्रमा आईपुगेका नेपालीहरु बाँसघारीमा बस्नुपर्ने बाध्यता रहेको छ ।
नेपाली भित्रिन नदिने गृह मन्त्रालयको आदेश अनुसार सिमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीले भारतको विभिन्न सहरबाट आईपुगेका ७० जना भन्दा वढीलाई सिरहाको सिमावर्ती ठाउँहरुमा राखिएको छ ।
महिला, बालबालिका सहित आईपुगेका ७० जना मध्ये ४५ जना सिरहाको सिमावर्ती माडरको लचकाटोलदेखि पश्चिमको बाँसघारीमा त्रिपालमुनी रात विताउन बाध्य भएको हो । हावाहुरी र वर्षाका बेला सरकारको आदेशका कारण असुरक्षित तरिकाले दशजग्गा क्षेत्रमा बस्नुपर्ने बाध्यता रहेको छ । त्यस्तै केही भगवानपुरको ठाँडी क्षेत्रमा दशगज्जामा रहेका छन् ।
७ जना रुकुम पश्चिम र १ जना जाजरकोटका रहेका छन् भने अन्य सिरहा जिल्लाका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !