- भरतपुर,साउन ५ गते सोमबार ।
- जनप्रभाब
नारायणी नदीको बहाव खतराको नजिक पुगेको छ । त्रिशुली, कालीगण्डकी लगायतको दुई ठूला नदी र खहरे खोलाको पानीको बहाव बढेसँगै नारायणी नदी खतराको नजिक पुगेको हो ।
चितवन र नवलपरासी जोड्ने नारायणी पुलको ४ मिटर मुनिबाट पानी बगिरहेको देख्न सकिन्छ । चितवनतर्फ नारायणी किनारमा रहेको दुई हात्तीको मूर्ती मध्ये एक बगाएको छ । यस वर्ष मनसुन सक्रिय भएसँग नारायणीको उच्च बहाव आएको बताईएको छ ।
बढी मापन केन्द्र देवघाटमा ९।१२ मिटर पुगेको छ । त्यसतै नारायणी पुलमा ११.९ मिटर पुगेको छ । देवघाटमा ८ मिटर पानीको तहलाई खतरा मानिन्छ ।

















