काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्य पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको दाबी गरेका छन् ।

आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सहमहामन्त्री आचार्यले गोर्खा मिडियाका लागि कास्कीको पोखरास्थित सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ लिएको पुष्टि भएको दाबी गरेका हुन् ।
‘रास्वपाको आचार्य थरको एक जना सहमहामन्त्रीको नाममा पनि गोर्खा मिडियामा सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ प्रवाह भएको देखिन्छ,’– उनले भने ।

















