Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

किर्ते नागरिकता प्रकरण : प्रमाण लुकाउन लाखौंको चलखेल भएको आशंका

किर्ते नागरिकता प्रकरण : प्रमाण लुकाउन लाखौंको चलखेल भएको आशंका

काठमाडौं । किर्ते गरी नागरिकता प्रमाण पत्र दिलाएको अभियोग लागेको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह श्रेष्ठले १३ महिना पूर्व प्रमाण नष्ट गराएको आरोप पनि लागेको छ । मेयर सिहले किर्ते गरी युवतीलाई नागरिकता दिलाएको प्रकरण झन पेचिलो बन्दै गएको छ । नागरिकता पाउन पेस गरिएका प्रमाणहरु जिल्ला प्रशासन कार्यालय पर्साबाट गायब भएको बताइन्छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश ढकालको समयमा प्रमाणहरु गायब गरिएको आशंका गरिएको छ । मेयर श्रेष्ठका ठेक्कापट्टाका पूर्वसहकर्मी एवम छिमेकीसमेत रहेका नुरेनबी ठकुराईले यो नागरिकता पाउन पेस गरिएका प्रमाणका प्रतिलिपिहरु माग गरेपछि सूचना गायब गरिएको स्रोतले जनाएका छन् । ‘ठूलो रकमको चलखेलमा अनुसूची फर्म र जन्मदर्ताको प्रमाणहरु गायब गरिएको हो, यसो त त्यसबेला १०लाख रुपैयाँको चलखेल भएको चर्चा जिल्ला प्रशासन कार्यालयमा भएको थियो’नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भने ।

वीरगञ्ज महानगरपालिका वार्ड नम्बर ३ बस्ने नुरेनबी ठकुराईले २०६९ मंसिर ११ गते सूचना पाउन जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्ता गराएका थिए । सूचनाको प्रतिलिपि ऐन ७ को २ बमोजिम सूचनाको हक पाउन पेस गरिएको निवेदनमा तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश ढकालले तोक लगाएपछि दर्ता गरिएको थियो । जसको दर्ता नम्बर ११ सय १८ रहेको छ ।

नुरेनबीले दर्ता गराएको निवेदनमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३बस्ने राजेशमान सिहले जिल्ला प्रशासन कार्यालय पर्साबाट सनाखत गरी कति जनालाई नागरिकता दिलाएको र उनका कतिजना छोरा छोरीहरु छन् र कतिजना छोरा छोरीलाई उनले नागरिकता दिलाएको भन्दै निवेदनमा उल्लेख गरिएको छ ।

नागरिकता लिन पेस गरिएको प्रमाणका सबै प्रतिलिपिहरु समेत माग गरिएको थियो । ‘सूचनाको हकअनुसार प्रमाणका सबै प्रतिलिपि माग गर्दै निवेदन दर्ता गराउन जाँदा सीडीयो साहबले ‘ओके भन्दै निवेदनमा तोक लगाए ’ नुरेनबीले भने,‘त्यसपछि म लागायत नेपाली कांग्रेसका सभापति महमद साहबुदिनजी जिल्ला प्रशासन कार्यालयमा लगातार तीन चार दिन गयौ,तर प्रतिलिपि दिन आनाकानी गरियो ।’ अन्तिममा सिडियो साहबले नै बोलाएर “व्यक्तिगत नागरिकता सम्बन्धी विवरणका प्रमाणहरु परिवारबाहेक अरु कसैलाई दिन नमिल्ने” भन्दै हामीलाई फर्काएको नुरेनबीले बताए ।

मेयर राजेशमान सिहले छोरी बनाएर अरुलाई नागरिकता दिलाएको कुरा नुरेनबीको निवेदनपछि जिल्ला प्रशासन कार्यालयमा चर्चाको विषय बनेको थियो । किर्तेको वास्तविकता थाहा पाएपछि हाकिमहरुको ठूलो चलखेल भएको समाचार स्रोतको दाबी छ ,‘उनको निवेदनपछि तीनचार दिनको ठूलो चलखेलमा प्रमाण लुकाउने काम भएको हो ।’ नगर प्रमुख सिंहले नागरिकतामा किर्ते गरेको भन्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुदिनले कारयवाहीको निवेदन दर्ता गराएको लगभग एक हप्ता हुन लागेको छ । श्रेष्ठको नागरिकता प्रकरणबारे छानबिन गर्न गठित समितिले तीन दिनदेखि खोजेको फाइल फेला पार्न सकेको छैन ।जसले गर्दा यो प्रकरण झन पेचिलो र शंकास्पद बन्दै गएको छ ।

कार्यालय स्रोतका अनुसार रुबिनाको नागरिता लिन पेस गरिएका मुख्य प्रमाणहरु नुरेनबीको निवेदन पछि नै गायब पारिएको छ । जसमा आमा बुवाको नाता प्रमाणित हुने जन्मदर्ताको प्रमाणदेखि जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रदान गर्नु अगाडि फोटो सहित वडाबाट सिफरिस गरिएको अनुसूची फारम जसमा आमा, बुवा वा परिवारका व्यक्तिले दुबै औठा सहितको हस्ताक्षर गरी सनाखत गरेको हुन्छ । रुविना श्रेष्ठको नागरिकताबारे गरिरहेको छानबिनमा अहिलेसम्म ढड्डाबाहेकको अन्य प्रमाण फेला नपरेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताएका छन्

। छानबिन समितिले डेडिकेटेड भएर छानबिन गरिरहेको छ । ‘ प्रकरणसँग सम्बन्धित मुख्य कागजातहरु अहिलेसम्म भेटिएको छैन’ उनले भने, जसले गर्दा अनुसन्धान अगाडि बढन नसकेको हो ।’ समयसीमा भित्र कागजात फेला नपरे त्यसपछि अर्को बाटो अवलम्बन गर्ने तयारीमा प्रमुख जिल्ला अधिकारी भुसाल रहेको बुझिएको छ । केही कर्मचारीले नियतवश नै अनुसूची फर्म बेपत्ता बनाएको देखियो भने हदैसम्मको कारवाही गर्ने तरखरमा प्रमुख जिल्ला अधिकारी भुसाल रहेको बुझिएको छ ।

नागरिकता किर्ते प्रकरणको बारेमा ५ दिन भित्रमा अनुसन्धान प्रतिवेदन पेस गर्न निर्देशन दिइएको भुसालले बताए । मेयर सिंहले भने नागरिकता प्रकरणमा जवाफ दिन वा सञ्चार माध्यमहरुसंग खुलेर कुरा गर्न आनाकानी गर्दै आएका छन् । नगर प्रमुख सिंहले आफ्नो व्यक्तिगत सामाजिक सञ्जालको वालमा ‘कुनै प्रश्नको जवाफ समयले दिने गर्छ ,जुन जवाफ समयले दिन्छ त्यो एकदम सुन्दर हुनेगर्छ ।’ उल्लेख गर्दै सार्वजनिक गरेका छन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh