पाँचथर । नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीका कार्यालय प्रमुख एसएसपी मनोज यादवबाट अपराध नियन्त्रण तथा अनुसन्धान रणनीतिक कार्ययोजना (CAP) को अवधारणा अनुसार जिल्ला प्रहरी कार्यालय पाँचथरको अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक सहायत कक्ष, हिरासत कक्ष समेतको निरीक्षण एवं अनुगमन गर्नु भएको छ ।




निरीक्षण एवं अनुगमनको दौरानमा एसएसपी मनोज यादवले अपराध अनुसन्धान तथा महिला बालबालिका तथा जेष्ठ नागरिक सहायत कक्षमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आम नागरिकको शान्ती सुरक्षा, बदलिदो अपराधको अवस्था प्रहरीले खेल्नु पर्ने भूमिका, रोकथाम तथा आइपर्ने चुनौतीको सामना गर्न सदैव प्रमाणमुखी अपराध अनुसन्धानलाई बिशेष जोड दिनु पर्ने लगायत अपराधसँग सम्बन्धित अन्य विविध विषयमा निर्देशन समेत दिनु भएको थियो ।


















