Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘बराइँसराइको समस्या विकराल बन्यो’

‘बराइँसराइको समस्या विकराल बन्यो’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आन्तरिक तथा बाह्य बसाइँसराइका कारण सिर्जित समस्या विकराल बन्दै गएकाले त्यसलाई समाधान गर्न आवश्यक रहेको बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)को सहकार्यमा आज काठमाडौँमा आयोजना भएको ‘जनसङ्ख्या र बसाइँसराइ व्यवस्थापन सबलीकरणसम्बन्धी राष्ट्रिय परिसंवाद’ कार्यक्रममा मन्त्री बस्नेतले योजनावद्ध विकास अवधारणाको प्रभावकारी कार्यान्वयन र शासकीय क्षमतामा सुधारमार्फत अहिलेका समस्या समाधान गर्न सकिने बताए ।

“पन्ध्रौँ आवधिक योजना र राष्ट्रिय जनसङ्ख्या नीति, २०७२ मा बसाइँसराइको समस्यालाई यथोचित रुपमा सम्बोधन गर्ने प्रयास गरिएको भए पनि समस्याको समाधान गर्न सकिएको छैन । सङ्घीय, प्रादेशिक र स्थानीय गरी तीनवटै तहका सरकार यी समस्याबारे सजक हुन आवश्यक छ”, स्वास्थ्यमन्त्री बस्नेतले भने, “स्रोत साधनको व्यवस्थापन, क्षमता विकास, विकासमा समन्वय र आन्तरिक अर्थतन्त्रमा बढोत्तरी गरेर बसाइँसराइका समस्या सम्बोधन गर्न सकिन्छ ।” नेपालका गाउँमा जनसङ्ख्या न्यून हुँदै गएर देशलाई आवश्यक जनशक्ति प्राप्त हुन नसक्ने तर विकासका लागि बाह्य जनशक्ति ल्याउनुपर्ने अवस्था छ रहेको उनले बताए ।

विकासका क्रियाकलापलाई व्यवस्थित गर्ने, सरोकारवाला निकायमा साझा अवधारणा निर्माण गर्ने, र बसाइँसराइमा देखिएका समस्या तथा चुनौतीलाई सामूहिकरुपमा सम्बोधन गर्नुपर्ने बेला आएको स्वास्थ्यमन्त्री बस्नेतको भनाइ छ । विभिन्न कारणले हिमाल र पहाडको जनसङ्ख्या घट्दै गएर तराई क्षेत्रमा बढेको र विदेशी मुलुकमा बसाइँसराइ गरेर जाने क्रम बढेको पनि उनले बताए ।

त्यस्तै, चिकित्सा शिक्षा ऐन संशोधन गर्दै जाने र चिकित्सा शिक्षा पढ्ने वातावरण सहज बनाउने स्वास्थ्यमन्त्री बस्नेतको भनाइ छ । नेपालका ठूला अस्पताललाई चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठानका रुपमा विकास गर्न सकिने उनको भनाइ छ ।

त्यस अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले नेपालमा बाह्य तथा आन्तरिक बसाइँसराइ उच्च रहेका कारण वितरणमा असमानता बढ्दै गएको र यसबाट आर्थिक उत्पादन तथा वितरणमा प्रत्यक्ष प्रभाव पर्न गएको बताए ।

“गरिबी, अशिक्षा, भौगोलिक विकटता, अव्यवस्थित बसोबास, बसाइँसराइ र आप्रवासनका कारण जनसङ्ख्या र विकासकाबीच असन्तुलन देखिएको छ । यसले आन्तरिक उत्पादन र समग्र अर्थतन्त्रमा प्रभाव बढ्दै गएको छ”, सचिव गुरागाइँले भने ।

प्रजननदर घट्दै गएको, औसत आयुमा वृद्धिहुँदै गएको, युवा दक्षजनशक्ति विदेशिने क्रम जारी रहेको, ज्येष्ठ नागरिकको जनसङ्ख्या बढ्दोक्रममा रहेको जस्ता प्रवृत्ति अहिले देखिएको पनि उनले बताए । विकास गर्दा जनसङ्ख्यालाई केन्द्रमा राखिनुपर्ने सचिव गुरागाइँको भनाइ छ ।

आइओएम मिसनको नेपालका प्रमुख हेलेन फोर्सले दिगो विकाससँग सम्बन्धित लक्ष प्राप्तिका लागि पनि बसाइँसराइ एक महत्वपूर्ण पक्ष रहेको बताए । त्यस्तै, जनसङ्ख्या घट्ने बढ्ने प्रवृत्तिको विश्लेषणबाट नेपालको नीति निर्माणमा सहयोग पुग्ने बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh