काठमाडौं । घाइते प्रहरी कर्मचारीहरुलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

नेपाल प्रहरी श्रीमती संघको कार्यसमितिको बैठकको निर्णयअनुसार कर्तव्य पालनाको सिलसिलामा घाईते भई नेपाल प्रहरी अस्पताल महाराजगंजको कोल्डवार्डमा उपचारार्थ रहेका प्रहरी कर्मचारीहरुलाई संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर लगायत संघका पदाधिकारीहरुले प्रत्यक्ष भेटघाट गरि शिघ्र स्वास्थ्य लाभको कामना सहित उक्त घाईते (बिरामी) प्रहरी कर्मचारीहरुलाई उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण कार्य सम्पन्न ।




















