Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोनाको कहर : पसल खुले,तर आएनन् उपभोक्ता

काठमाडौं,जेठ २४ गते सनिवार । मीना श्रेष्ठले दुई महिना घर बसाइपछि शुक्रबार पसल खोलिन् । विगत १० वर्षदेखि न्यूरोडमा कपडाको होलसेल पसल सञ्चालन गर्दै आएकी मीनाले दैनिकी सञ्चालन गर्न समस्या भएपछि शुक्रबार पसल सञ्चालन गरेकी हुन् । पसल खुला भए पनि उपभोक्ता भने एकजना पनि आएका छैनन् ।

कोरोना महामारीकै बीच सञ्चालन गरिएको पसलमा सामग्री खरिद गर्ने एकजना पनि नआउँदा मीना उदास देखिन्छिन् । चौबीसै घण्टा व्यस्त रहने काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्यूरोडको सडकमा नगन्य मात्रामा मनिसको आवतजावत रहेको छ । त्यसमाथि कारोनाको डर एकातिर आवश्यकबाहेक अन्य कामकाजका लगि मानिस बाहिर निस्केका छैनन् ।

‘मानिसको आवतजावत नै कम भएपछि सामग्री खरिद गर्नका लागि मानिस आउने त कुरै भएन, लकडाउनकै कारण कतिलाई त अहिले दैनिकी चलाउन पनि समस्या भएको छ, खानकै लागि समस्या भएपछि लत्ताकपडा किन्न आउने कुरै भएन, यो समस्या लामो समयसम्म रहने हो भने व्यापार गरी खान ठूलो समस्या हुनेछ’, दुःखी हुँदै मीनाले भनिन् ।

त्यसैगरी नुनदेखि सुनसम्म पाइने काठमाडौँको अर्को प्रमुख केन्द्र मानिने असन बजारको समस्या पनि न्यूरोडको भन्दा कम छैन । यहाँ शृङ्गार सामग्रीका पसलबाहेक, दैनिक उपभोग्य वस्तुसहित अन्य केही पसल खुला रहे पनि आवतजावत कम हुँदा सामग्री खरिद गर्नेको सख्या छैन ।
असनमा चार वर्षदेखि जुत्ता पसल सञ्चालन गर्दै आएका धादिङ स्थायी घर भएका अर्का व्यापारी श्याम लामाको गुनासो पनि मीनाको जस्तै छ ।

उनले दुई महिनापछि शुक्रबार पसल खुला गरेका हुन्, तर एकजोर जुत्ता पनि बिक्री भएको छैन । ‘जुत्ता किन्न आउने कुरा के गर्ने पसलमा पनि आँखा लगाउने पनि कोही छैन, यसरी नै समय बित्ने हो भने बाँच्न मुस्किल भइसक्यो’, उनले भने, ‘लकडाउनअघि व्यापार गरेको पैसाले अहिलेसम्म व्यवस्थापन गरियो, अबको दैनिकी कठिन हुने भएको छ, लकडाउनको शुरुवाती समयमा कामपाले केही राहत दिएको थियो अब त राहत दिने पनि छैनन्, दुई छोराछोरीसहित चारजनाको परिवार टिकाउन समस्या भएको छ ।’

दैनिकी सञ्चालन गर्न समस्या भए पनि काठमाडौँका भित्री क्षेत्रमा अत्यावश्यकसहित अन्य केही पसल पनि खोल्न शुरु भएका छन् । विश्वभरि फैलिएको कोरोना भाइरसका कारण सरकारले अहिले देश पूरै लकडाउन गरेको छ । दैनिकीलाई सहज बनाउँदै विस्तारै लकडाउन खोल्ने विषयमा सरकारका पदाधिकारीबीच छलफल भइरहेकै समयमा व्यापारीले भने दैनिकी चलाउन समस्या भएको भन्दै केही व्यवसाय सञ्चालन गरेका छन् ।

लकडाउनको मोडालिटी परिवर्तन गरी नागरिकको दैनिकी सहज बनाउने विषयमा सरकार सकारात्मक रहेको भए पनि के कसरी व्यापार व्यवसाय सञ्चालन गर्ने भन्नेबारे यकिन निर्णय आउन बाँकी नै छ । विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि शुरु गरेको लकडाउन पटक पटक गरी आगामी जेठ ३२ गतेसम्मलाई निरन्तरता दिएको छ । लामो समयसम्म घरमा थुनिएका नागरिक भाइरस फैलिरहेकै भए पनि जनजीवन सहज बनाउने प्रयास गरिरहेका छन् । बिहीबारदेखि पसलमात्रै होइन केही निजी सवारी साधन पनि सञ्चालन भएकाले सडकमा सवारीको चाप अघिल्ला दिनको तुलनामा बढेको देखिन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh