काठमाडौं । नेपाल प्रहरीका प्रमुख आईजिपी बसन्त बहादुर कुँवरले नयाँ वर्ष २०८० को अवसरमा विश्वभरि छरिएर रहेका सुरक्षाकर्मी , प्रहरी कर्मचारी , पूर्वप्रहरी कर्मचारी , देशवासीसहित सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, समृद्धि, एवं दीर्घायुको शुभकामना दिएका छन् ।

विगतको अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको उल्लेख गदैँ प्रहरी महानिरीक्षक कुँवरले नयाँ वर्षले देशमा दिगो शान्ति, सुशासन, राष्ट्रिय एकता र समाजिक सद्भावसहित आर्थिक समुन्नतिका लागि जोश, जाँगर र उत्साह पैदा गरी समाजमा विद्यमान अन्धविश्वास, कुरीति, कुसंस्कारलाई हटाउँदै न्यायपूर्ण सभ्य र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनि शुभकाना दिएका छन् ।

















