Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विभेदपूर्ण ३० वर्षे सेवाहद हटाउने तयारीले नेपाल प्रहरीमा उत्साह

विभेदपूर्ण ३० वर्षे सेवाहद हटाउने तयारीले नेपाल प्रहरीमा उत्साह

काठमाडौं । हाल नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) ले ३ वटा अवस्था पुरा गरेपछि अवकाशमा जाने कानुनी व्यवस्था छ । ३० वर्ष सेवाअवधि, ५८ वर्षको उमेर हद र आईजीपी भएपछिको चार वर्ष कार्यकाल पुरा गरेर ।

तर, सरकारले अहिले ३० वर्षे सेवाअवधि हटाएर उमेर हद मात्रै लागू गर्ने गरी ऐन संशोधन गर्न लागेको छ । संशोधन गर्न लागिएको नियमवालीअनुसार आईजीपीको जागिर अवधि ३० वर्ष पूरा भएपनि ५८ वर्ष पूरा नहुँदासम्म अवकाशमा जाँदैनन् ।

गृह मन्त्रालय मातहत रहेका सुरक्षा निकायमा लामो समयदेखि ३० वर्षे सेवा अवधिको प्रावधान कायम छ । गृहबाट प्रधानमन्त्री कार्यालय मातहत पुगेको राष्ट्रिय अनुसन्धान विभागबाट भने यो प्रावधान हटिसकेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भने यो प्रावधान यद्यपी कायम छ । र, संगठनलाई योगदान दिने उमेर र तहमा पुगेका अधिकृतहरूको ब्याच एकसाथ अवकाशमा जानुपर्ने पट्यारलाग्दो विवशता कायम छ ।

नेपाल प्रहरीतर्फ हालका आईजीपी धीरज प्रताप सिंहको ब्याचसमेत आउँदो ११ चैतमा अनिवार्य अवकाशमा जाँदैछन् । यदि ३० वर्षे सेवा हटाइएको खण्डमा उनको पदावधि बढ्ने निश्चित छ ।

अधिकांश पूर्वप्रहरी अधिकारीहरू यो अन्यायपूर्ण व्यवस्था हट्नैपर्ने बताउँछन् । ३० वर्षे सेवा अवधिको व्यवस्था यस्तो समस्याको जड हो, जसले गर्दा प्रहरीमा स्वाभाविक बढुवा प्रक्रियाको चेनलाई ब्रेक गरिदिएको छ ।

हालका आईजीपी सिंहको ब्याचले एकसाथ अवकाश पाउने मिति नजिकिँदै गर्दा उक्त प्रावधान हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत सकारात्मक रहेको गृह स्रोतको दाबी छ । प्रधानमन्त्री दाहालले ३० वर्षे अवधी हटाउन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरिरहेका छन् ।

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाउने गृहकार्य अघि बढिसकेको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए । उनी भन्छन्, ‘०१२ सालको प्रहरी ऐनलाई प्रतिस्थापन गर्न विधेयक तयार भइसकेको छ । त्यसमा ३० वर्षे प्रावधान हटाउने विषय पनि छलफलको क्रममा छ ।

कर्मचारी तहबाट काम सकेर प्रधानमन्त्री दाहालसमक्ष उक्त प्रस्ताव पेश भइसकेको स्रोत बताउँछ । त्यसपछि गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री दाहालबाट स्वीकृति भएर अर्थ मन्त्रालय जान्छ । अर्थबाट स्वीकृति भएर आएपछि मन्त्रिपरिषद्बाट स्वीकृति भएपछि संघीय संसदमा टेबल हुनेछ ।

प्रहरीमा ३० वर्षे सेवा अवधी हटाउने व्यवस्था प्रहरी ऐनमै उल्लेख हुनुपर्ने पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मा बताउँछन् । जसरी हुन्छ ३० वर्षमा अवकाश लिनैपर्ने प्रावधान हट्नुपर्ने उनको भनाइ छ ।

‘यो व्यवस्था हट्नैपर्छ । यो नहटेको कारणले संगठन साह्रै फितलो भयो । नेतृत्वमा पुग्ने मानिसहरू साह्रै कच्चा भए, उनी भन्छन्, ३० वर्षे प्रावधान हट्दा राज्य र नेपाल प्रहरी दुवैलाई फाइदा हुन्छ ।

यता, ३० वर्षे सेवा हद हट्दा अब एकातर्फ संगठनको नेतृत्व तहमा अनुभवी व्यक्तिहरू रहन्छन् भने राज्यलाई आर्थिक भारसमेत कम पर्ने आईजीपी सिंहको बुझाइ छ । यसले प्रहरी नेतृत्वको विकास पनि हुने भएकाले समग्र संगठन पनि बलियो हुने विश्लेषण गरिएको छ ।

वर्तमान सरकारको नेतृत्व गरिरहेका दाहालले गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेपछि झनै सहज रुपमा प्रहरीमा विद्यमान रहेको ३० वर्षे सेवाअवधी हट्ने पक्षमा विश्वस्त छन् आईजीपी सिंहका ब्याची । प्रहरीमाथि रहेको नीतिगत विभेद हटाउने तयारी गरेपछि संगठनमा उत्साह समेत देखिएको छ ।

३० वर्षे सेवाहदका कारण प्रहरी नेतृत्वमा अस्थिरता पैदा भएको, अनुभवी जनशक्तिलाई राज्यले गुमाउने गरेको र पेन्सनको भारसमेत बढेकाले संशोधनको माग हुँदै आएको थियो । यो विषय लामो समयदेखि बहसमा पनि थियो । त्यसैले प्रधानमन्त्री दाहालले सम्बोधन गर्न लागेका हुन् ।

यदी सरकारले उक्त प्रावधान हटाएमा अन्य प्रहरी अधिकारीको मनोबल बढ्ने देखिएको छ । युवावस्थामै अवकाश पाउँदा प्रहरी अधिकारी खिन्न हुने गर्दथे । उनीहरुलाई अन्यायसमेत हुँदै आएको थियो । तर, अब त्यस्तो समस्या रहन्न ।

हालका आईजीपी सिंह र उनका ब्याचका एआईजीमात्र होइन त्यसपछिको १०८ र ११० को टोलीका अधिकांश प्रहरी अधिकृत सेवाहद हटाउनुपर्ने पक्षमा उभिएका छन् । विगतमा पनि यस्तो प्रयास भएपनि आईजीपीको ब्याच र त्यसपछिको ब्याचबीच संघर्ष हुने कारण सेवाहद हट्न सकेको थिएन ।

यद्यपि अहिलेपनि १–२ जना प्रहरी अधिकारी आफ्ना व्यक्तिगत स्वार्थमा सेवाहद हटाउनु हुँदैन भनेर शक्तिकेन्द्रमा दौडधुप गरिरहेका छन् । तर, उक्त प्रस्ताव धेरै अगाडि बढिसकेको कारण योपटक जसरी पनि ३० वर्षे हट्नेमा धेरै प्रहरी अधिकृतहरु समेत विश्वस्त छन् ।

आर्थिक दृष्टिकोणले पनि देशलाई फाइदा हुने भएकाले यस विषयमा सरकारले गर्न लागेको निर्णयले प्रहरीलाई फाइदा हुने बहालवाला एकजना प्रहरी नायब महानिरीक्षक (डिआईजी) बताउँछन् ।

जवानदेखि एआईजीसम्मको उमेरहद परिवर्तन

गृहले अर्थमा पठाएको स्वीकृति प्रस्ताव अनुसार जवानदेखि एआईजीसम्मको उमेरहद परिवर्तन गर्ने उल्लेख गरिएको छ । अर्थका एक उच्च अधिकारीका अनुसार सिपाही तथा हवल्दारको अवकाशको उमेर हद ५१ वर्ष बनाउन लागिएको छ ।

यस्तै सई र असईको ५१ वर्ष थियो भने अब ५४ वर्ष पुर्याइएको छ । प्रहरी निरीक्षकको र प्रहरी नायब उपरीक्षकको उमेर हद ५५ वर्ष हुने भएको छ । अहिले निरीक्षक र डिएसपी क्रमशः ५३ र ५४ वर्षमा अवकाशमा जान्छन् ।

त्यस्तै प्रहरी उपरीक्षक र बरिष्ठ उपरीक्षकको उमेर हद ५५ वर्ष रहेकोमा ५६ वर्ष पुर्याइएको छ भने पदावधि ६ वर्ष बनाइएको अर्थ मन्त्रालयले जनाएको छ । अब प्रहरी नायब महानिरीक्षकको उमेरहद ५६ वर्ष र पदावधि ५ वर्ष तोकिएको छ भने प्रहरी अतिरिक्त महानिरीक्षकको उमेरहद ५६ वर्षको रहेकोमा ५७ वर्ष र पदावधि ४ वर्ष बनाइएको छ ।

‘उमेरहद परिवर्तनले सानो दर्जाका प्रहरी कर्मचारी बीचको उमेरमै उमेरहदका कारण जाने भएकाले १६ वर्षमै पेन्सनको माग गर्ने, जागिर छाड्रने र २० वर्षमा पेन्सन जाने गरेका थिए । उमेर हद बढेपछि यसले त्यो समस्या सम्बोधन गर्नेछ, ती अधिकारीले भने ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh