Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अमेरिकी राष्ट्रपति चुनाव नजिकिदै पूर्व राष्ट्रपति ओबामा फेरी सक्रिय

एजेन्सी ,जेठ २३ गते । अमेरिकि पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक असमानता उजागर भएसँगै उत्पन्न ऐतिहासिक संकटका बीच आफ्नो सार्वजनिक जीवनलाई पुनः सक्रिय तुल्याउनु भएको छ ।

आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावको पूर्वसन्ध्यामा ओबामाको सक्रियतालाई अर्थपूर्ण रुपमा लिइएको छ । ओबामाले आगामी चुनावमा रिपब्लीकन पार्टीबाट पुनः उम्मेदवार हुन लाग्नु भएका राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गर्ने सहजै अनुमान गरिएको छ । गत बुधबार पूर्व राष्ट्रपति ओबामा मिनियापोलिसमा जर्ज फ्लोयडको मृत्युपछिको नागरिक अशान्तिबारे युवासँग भर्चुअल सभाहल बैठकमा सहभागी भए।

ओबामाले “मतदान विरुद्ध बिरोध प्रदर्शन, राजनीति र सहभागिता विरुद्ध नागरिक अवज्ञा र प्रत्यक्ष कार्य” जस्ता विषयमा “इन्टरनेट बहस” लाई अस्वीकार गर्नु भएको छ । “अहिले यो नभए त्यो भन्ने होइन । यो दुबै पक्ष हो र यथार्थ परिवर्तन ल्याउनको लागि हो,” उनले टाउन हलमा भने। “हामीले समस्यालाई प्रकाश पार्नु पर्दछ र शक्तिमा रहेकाहरुलाई सोध्न सक्नु पर्दछ, तर हामीले त्यसलाई पनि व्यावहारिक समाधान र कानुनमा रुपान्तरण गर्नु पर्दछ ।”

ओबामाले फ्लोयडको मृत्युका कारण भइरहेको विरोधलाई नीति परिवर्तनमा रुपान्तरित गर्न आह्वान गरे। उनले सुरक्षित प्रहरी सेवा तथा समुदाय र कानुन कार्यान्वयन गर्ने निकायहरुबीचको आपसी विश्वास बढाउनेतर्फ युवाले विशेष ध्यान दिनुपर्दछ भने। उनले “देशका सबै मेयरहरुलाई सुरक्षा परिचालनको बारेमा समीक्षा गर्न” आग्रह गर्दै “योजनाबद्ध सुधारहरुको कार्यान्वयन”लाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

“हामी अहिले राजनीतिक बहसका बीचमा छौं,” ओबामाका लामो समयदेखिका मित्र एवं सल्लाहकार भ्यालेरी ज्यारेटले बताए। “पूर्व राष्ट्रपति ओबामा पदमा नरहे पनि मुलुकभित्रको यस बहसमा संवाद गर्न इच्छुक हुनुहुन्छ ।” यस गोलमेच बैठकमा ओबामाले अहिलेको अराजकता र १९६० को दशकको आन्दोलनको बीचमा समानता रहेकामा जोड दिए। तर उनले सर्वेक्षणहरुले धेरै अमेरिकीले आजका प्रदर्शनलाई समर्थन गरेको देखाए पनि एउटा सानो संख्याका उत्तेजक एवं हिंसात्मक कृयाकलापले मूल मुद्दालाई ओझेलमा पार्ने खतरा रहेको बताए। तैपनि, उहाँले यस मुद्दामा विरोधको स्वर केही क्षण दबे पनि समाजभित्र विरोधी भावना यथावत रहिरहने खतरा छ भने।

ओबामाले आगामी राष्ट्रपतिको उम्मेदवारका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेनलाई समर्थन गरिसक्नु भएको छ । नोभेम्बरको चुनाव अघि ओबामालाई चुनावी अभियानमा सहभागी गराउन बाइडेनको चुनाव प्रचार समितिले योजना बनाइरहेको थियो । गत महिना ऐतिहासिक रूपमा अश्वेत विद्यार्थीहरु पढ्ने कलेज र विश्वविद्यालयका स्नातकहरूलाई सम्बोधन गर्दै ओबामाले कोरोनाभाइरसको महामारीले ट्रम्प प्रशासनको परिस्थिति पूर्ण रूपमा उदाङ्गो भएको बताए।

तर फ्लोयडको मृत्युप्रति देशको पहिलो काला राष्ट्रपतिबाट बढी नै कडा प्रतिक्रिया प्राप्त भएको छ । अश्वेत नागरिक फ्लोयडको गर्धनमा एक श्वेत प्रहरीले घुँडाले धेरै मिनेटसम्म थिचेपछि मृत्यु भएको थियो । गत हप्ता एक लामो लिखित वक्तव्यमा ओबामाले लाखौं अमेरिकीहरूले कोरोना महामारीको कहरबाट जनजीवन सामान्य बनाउनै लाग्दा अमेरिकाकै एक अश्वेत नागरिकमाथि रङ्गको आधारमा भिन्न व्यवहार होला भन्ने अनुमानसम्म गर्न सक्ने अवस्थामा नरहेको बताउनुभएको थियो ।

“यो सन् २०२० को अमेरिकामा सामान्य घटना होइन । यो घटना सामान्य हुनै सक्दैन,” ओबामाले लेखेका छन्। पूर्व राष्ट्रपति ओबामाको वयानपछि दिनभरि नै तनाबको अवस्था सिर्जना भइसकेको छ । ट्रम्पले देशका विभिन्न शहरमा प्रहरी कारबाहीको विरोधमा भइरहेका प्रदर्शन रोक्न सेना समेत परिचालन गर्ने धम्की दिएको छ । देशभित्र जारी कतिपय प्रदर्शन हिंसात्मक बनेका छन् । बाइडेनको प्रचार संयन्त्रले पूर्व राष्ट्रपति ओबामाको सक्रियतालाई स्वागत गरेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh