Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मधेस प्रदेशमा निगरानी बढाउँदै ट्राफिक प्रहरी : २० दिनमा १ करोड ५६ लाखभन्दा बढि राजश्व सङ्कलन

मधेस प्रदेशमा निगरानी बढाउँदै ट्राफिक प्रहरी : २० दिनमा १ करोड ५६ लाखभन्दा बढि राजश्व सङ्कलन

लहान । सडक नियम उल्लंघन गर्ने जो कोही भए पनि निर्दयीताका साथ कानूनी कारबाही गर्न मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तबहादुर कुँवरले ८ वटै जिल्ला ट्राफिक प्रमुखहरु निर्देशन दिएका छन् ।

८ वटै जिल्ला ट्राफिक कार्यालयको निरीक्षण गर्दै कुँवरले कसैलाई पनि सहुलियताको सुविधा नदिन निर्देशन दिएका हुन् ।

सडकमा काम गरिरहेकोश ट्राफिक प्रहरी राष्ट्रिय/अन्तराष्ट्रिय जगतको निगरानीमा रहने भएको समेत स्मरण गराउँदै कुँवरले भने, ‘ट्राफिक प्रहरीको बोली, बचन, व्यवहार, अनुशासन र निष्पक्ष कार्य सम्पादनले सम्रग संगठनको छविमै प्रभाव पार्छ । त्यसैले आफूलाई प्रहरीले संगठनको ऐनाका रूपमा प्रस्तुत गर्नुस् ।’

धुलो–धुँवा, घाम–पानी नभनी हरपल काममा खटिने ट्राफिक प्रहरीको एउटा सानो गल्ती वा लोभले समग्र संगठनलाई आलोचित र लज्जित पार्ने बताउँदै कुँवरले आर्थिक पक्षमा शून्य शहनशीलताको नीति अवलम्बन गर्न निर्देशन दिए ।

राम्रो काम गर्ने कर्मचारीहरूलाई नागरिकको सदैव साथ रहने समेत उनले बताए । ‘गलत क्रियाकलाप गरेमा कसैको समर्थन नहुने हुनाले नागरिकको समर्थन प्राप्त गर्ने गरी काम गर्नु’, उनले भने ।

सवारी नियम पालना नगर्ने सवारी चालकहरूले वर्षेनी करोडौं रकम जरिवाना तिर्दै आएका छन् । सवारी चालक अनुमति–पत्र नबोक्ने, गलत साइडमा सवारी साधन रोक्ने लगायतका नियमहरू उल्लंघन गर्दा चालकहरू कारबाहीमा पर्ने गरेका हुन् । २० दिनमामा मधेस प्रदेशको ८ वटै जिल्ला मा १९ हजार २ सय ७२ सवारी साधनलाई कारबाही गर्दा १ करोड ५६ लाख ३२ हजार राजस्व उठेको हो । सवारी नियम उल्लंघन गर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक छन् ।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तबहादुर कुँवरज्यूको कडा निर्देशन आएपछि ट्राफिक व्यवस्थापनमा ध्यान दिँदा राजस्व सवारी दुर्घटनामा न्यूनीकरणमा सहयोग र राजस्वमा समेत वृद्धि भएको जिल्ला ट्राफिक कार्यालय लहान सिरहाका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले बताए। सीमित जनशक्तिका बाबजुत नियमित जाँच, कारबाही र अनुगमन पनि बढाइएको श्रेष्ठले जानकारी दिए।

ट्राफिक व्यवस्थापनका लागि सचेतना अभियान पनि सञ्चालन गरिएको निरीक्षक श्रेष्ठले जानकारी दिए। उनले भने, ‘ट्राफिक नियम पालना नगर्ने र अनियमितता बढ्न थालेपछि हामीले सिरहाका मुख्य मुख्य बजार क्षेत्रमा एक हप्ता सिटी सफारी भाडामा लिएर माइकिङ् गरी ट्राफिक नियमबारे सचेतना अभियान सञ्चालन गर्‍यौं। त्यति गर्दा पनि अटेर गर्ने सवारी साधनमाथि कारबाही गरेका हौँ।’ कारबाहीमा कडाइ गर्न थालेपछि सवारी दुर्घटना पनि कम भएको उनले बताए।

लाइसेन्स, ब्ल्यु बुकबिनै हिँड्ने, जथाभाबी बाटो काट्ने, हेल्मेट नलगाई चलाउने, नियम पालना नगर्नेजस्ता क्रियाकलाप धेरै हुने गरेको श्रेष्ठले बताए। त्यसपछि अनियमितता गर्नेमा ट्रक, रातो प्लेटका पिकअप जिपलगायत रहेको उनले बताए।

व्यवस्थित पार्किङ नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या रहेको बताउँछन् श्रेष्ठ। ‘मुख्य बजारी क्षेत्रमा अव्यवस्थित पार्किङले दुर्घटना बढाएको छ। त्यसैगरी किसानले बजारखण्डका मुख्य गरी लहान, गोलबजार, मिर्चैयाका सडक पेटीमा तरकारी बेच्न राख्ने हुनाले सवारी आवतजावतमा समस्या रहेको छ,’ उनले भने।

बजारी क्षेत्र तथा राजमार्गमा हुने दुर्घटनामा न्यूनीकरणका लागि ट्राफिकले जनप्रतिनिधि र व्यवसायीसँग समन्वयात्मक कार्यक्रम गरिरहेको पनि प्रमुख श्रेष्ठले जानकारी दिए।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh