Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरीमा एआइजी बढुवा दुई महिनापछि 

प्रहरीमा एआइजी बढुवा दुई महिनापछि 

आइजिपी  भन्छन्– अब कार्यदक्षताकै आधारमा पदोन्नति हुन्छ 

काठमाडौं । बिहीबार गृह मन्त्रालयले आकस्मिक रूपमा १७ डिआईजीको सरूवा गर्‍याे । सरुवा भएका डिआइजीहरू एआइजी बढुवाका लागि दौडधुपमा लागेका थिए । तर, एक्कासि सरुवा भएपछि उनीहरू आफैं आश्चर्यमा परेका छन् ।

यसअघि प्रदेश इन्चार्जहरू विगतमा सत्तारुढ दलका उच्च नेताको सिफारिसमा सरुवा हुन्थे । यसपटक राजनीतिक सिफारिसअनुसार कोही पनि सरुवा नभएको स्रोत बताउँछ । गृहमन्त्री रवि लामिछाने, गृहसचिव विनोदप्रकाश सिंह र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहबीच भएको छलफलअनुसार डिआइजी र एसएसपीको सरुवा भएको छ । डिआईजी र एसएसपीकोे सरूवा प्रहरी महानिरीक्षकको सिफारिसमा गृहमन्त्रीले गर्ने प्रावधान छ ।

धेरैजसो आइजिपीकै सिफारिसअनुसार सरुवा भएका छन् । ‘यो सरप्राइज सरुवा हो,’ प्रहरी उच्च अधिकारी भन्छन्, ‘अहिले सरुवा हुन्छ भन्ने धेरैले अनुमान नै गरेका थिएनन्, सरुवा हुनेले पनि पछि मात्र थाहा पाए ।’ 

गृहमन्त्री लामिछानेले आफूले प्रहरीमा कुनै हस्तक्षेप नगर्ने बताउँदै आएका छन् । मन्त्री भएपछि उनले गरेको सरुवासम्बन्धी यो पहिलो निर्णय हो । ‘पहिलो निर्णयमा उहाँको व्यक्तिगत स्वार्थ देखिएन,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘प्रहरीमा यसरी आइजिपीकै सिफारिसका आधारमा उच्च पदमा सरुवा भएको धेरै वर्ष पछि हो ।’ राजनीतिक हस्तक्षेपले सरुवा–बढुवामा राजनीतिक नेतृत्व हावी भएका बेला बिहीबारको सरुवाले प्रहरीमा सकारात्मक सन्देश दिएको छ । सरूवामा धेरै वर्ष पछि महानिरीक्षक बलियो भएका छन् । 

आइजिपीले दिए चार म्यान्डेट 

नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआइजी)का चार दरबन्दी रिक्त भए पनि त्यसमा तत्काल बढुवा नहुने भएको छ । बढुवाका आकांक्षीलाई प्रदेशमा सरुवा गरेपछि बढुवा तत्काल रोकिएको हो ।

‘अब दुई महिनापछि मात्र एआइजी बढुवा हुन्छ,’ प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले भने, ‘उनीहरूको कार्यदक्षता हेरेर जसको राम्रो हुन्छ, उनीहरूकै पदोन्नति हुन्छ, कार्यदक्षता हेर्नकै लागि प्रदेश पठाएका हौँ ।’ उनका अनुसार तस्करी नियन्त्रण, शान्ति सुरक्षाको अवस्था, प्रहरीको मनोबलमा सुधार र रचनात्मक कार्यको मुख्य चार म्यान्डेट दिएर डिआइजीलाई प्रदेशमा पठाइएको छ ।

यिनै म्यान्डेटलाई आधार बनाएर मूल्यांकन गरेर बढुवा गरिने आइजिपी सिंहले बताए । एआइजीको दरबन्दी भएका कार्य विभाग, प्रशासन विभाग, मानव स्रोत विकास विभाग र प्रदेश समन्वय विभागमा एआइजीको दरबन्दी रिक्त छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh