Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

वान एक्स बेटको बढ्दो जालो,
सट्टेबाजी गरेर कमाउने लतमा युवा, पढेलेखेका बढी

वान एक्स बेटको बढ्दो जालो,सट्टेबाजी गरेर कमाउने लतमा युवा, पढेलेखेका बढी

काठमाडौं। २० वर्षीय आदर्श ठाकुर दसैं बिदामा पोखराबाट काठमाडौं फर्किए। महोत्तरी स्थायी घर भएका आदर्श पोखरामा बिइ सिभिल इन्जिनियरिङ गरिरहेका थिए।उनी काठमाडौं फर्किएको केही समयपछि विश्वकप क्रिकेट सुरु भयो। आदर्शलाई विश्वकपले तान्यो। उनलाई खेलमा भन्दा विश्वकपमा हुने बाजीबाट कमाउने योजनामा लागे। खेल हेरेर रमाउने भन्दा कमाउने लतले उनलाई प्रहरी खोरसम्म पुर्‍यायो। उनलाई सोमबार प्रहरीले सानेपाको आफ्नै घरबाट नियन्त्रणमा लिएको थियो।

उनलाई समात्नुको कारण प्रहरीले ‘वान एक्स बेट’ मार्फत सट्टे बाजी हो। प्रहरीले आदर्शलाई समात्नु अघि अनुसन्धान गरेको थियो। जसमा उनको बैंक खातामा अस्वभाविक रुपमा छोटो समयमा नै लाखौलाख रुपैयाँ देखिएको थियो।
खातामा देखिएको रकम पुष्टी गर्न आदर्शसँग अरु कुनै स्रोत थिएन। त्यसैले प्रहरी हत्कडी लिएर आदर्शकोमा पुगेको थियो। आठ महिनाको अवधिमा उनले नबिल, सिद्धार्थ र एनआइसी एसिया बैंकमा २ करोड २ लाख ८४ हजार रुपैयाँ रकमान्तर गरेको देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए।

आदर्शले नबिलबाट ६९ लाख रुपैयाँ, सिद्धार्थबाट ४५ लाख ५३ हजार रुपैंयाँ र एनआइसीबाट ८८ लाख २४ हजार रुपैयाँ विभिन्न डिजिटल वालेटबाट रकमान्तर भएको देखिएको छ। प्रहरीले आदर्श नेपालमा वान एक्स वेट गराउने एजेन्ट भएको दाबी गरेको छ। उनले विभिन्न व्यक्तिहरूको नागरिकता र फोटोको दुरुपयोग गरेर २ सय भन्दा बढी डिजिटल वालेट मार्फत एकाउन्ट खोलेर कारोबार गराएको खुलेको छ।

दसैंमा घर फर्किएका आदर्श सट्टेबाजीबाट कमाइ हुन थालेपछि विश्वकप क्रिकेट मात्र होइन फुटबलको समेत सकाएर पोखरा फर्किने तयारीमा थिए। तर उनी फर्किन नपाउँदै प्रहरीले पक्राउ गरी हिरासतमा पुर्‍याएको छ। प्रहरीले फुटबल विश्वकप हुनुभन्दा अगाडी नै नेपालमा सट्टेबाजी गराउने गिरोहलाई खोजी गरिरहेको थियो। तर विश्वकप सकिनै लाग्दा केही एजेन्टलाई पक्राउ गर्न सफल भएको छ।
आदर्श मात्र होइन गत बुधबार प्रहरीले लमजुङका २६ वर्षीय सुमन गौलीलाई नियन्त्रणमा लिएको छ।

उनले पनि वान एक्स बेट मार्फत नै विभिन्न बैंक र डिजिटल वालेट प्रयोग गरेर ७ करोड ७२ लाख ८९ हजार रुपैयाँको कारोबार गरेको खुलेको छ। उनी पनि नेपालमा वान एक्स बेटको एजेन्ट भएको प्रहरीको दाबी छ। उनीहरूले रकम संकलन र भुक्तानीको आधारमा प्रतिशत रकम पाउने गरेको खुलेको छ। १ लाख रुपैयाँ खातामा लोड गर्दा ७ हजार रुपैयाँ र झिक्दा २ हजार रुपैयाँ कमिसन पाउने गरेको प्रहरीमा बयान दिएका छन्। एक वर्षमा औसत २० देखि २५ लाख रुपैयाँ कमाइ हुने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

नेपालमा सट्टेबाजी भएपछि नेपाल राष्ट्र बैंकले कुनै पनि विद्युतीय माध्यमहरू डिजिटल वालेट, अनलाइन र मोबाइल बैंकिङबाट जुवा तथा बाजीजन्य कारोबार नगर्न निर्देशन दिएको छ। तर सरकारका अरु निकाय अग्रसर नहुँदा यस्ता धन्दा मौलाएका छन्। प्रहरी स्वयं नै समातिएका व्यक्ति प्रतिनिधि पात्र मात्र भएकाले अनलाइन जुवा भित्रभित्र मौलाएको बताउँछ।’वान एक्स बेट’ अनलाइन जुवा नेपालमा प्रतिबन्धित छ। विश्वका केही देशहरूमा भने कानुनी मान्यता नै पाएको छ।

वान एक्स बेट साइप्रसमा दर्ता भएको देखिएको छ। त्यहाँबाट विभिन्न देशमा अनलाइन जुवा खेलाइने गरिएको छ।पछिल्लो समय नेपाल पनि अनलाइन बेटको लागि टार्गेटमा गरेको छ। जसको लागि वान एक्स बेट संचालकले नेपालमा एजेन्टहरू नियुक्ति गरिरहेको छ। क्रिकेट र फुटबल विश्वकपमा प्राथमिकताको साथ नेपालमा एजेन्ट भर्ना गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। आदर्श ठाकुर र सुजन गौली जस्ता पात्र यसैका उदाहरण मात्र हुन्।आदर्श जस्ता पात्रले देशका विभिन्न व्यक्तिहरूबाट नागरिकता संकलन गरेर सिम कार्ड झिक्ने तथा डिजिटल वालेट एकाउन्ट खोल्ने गरेको देखिएको छ। जसका लागि उनीहरूले नागरिकताको फोटोकपीको लागि एक जनालाई तीन सय रुपैयाँ समेत तिर्ने गरेको एक अनुसन्धान अधिकृतले जानकारी दिए।

‘एउटाको नागरिकता अर्काको फोटो हालेर सिम कार्ड झिक्ने र त्यहीबाट डिजिटल वालेटको एकाउन्ट समेत खोल्ने गरेको देखिन्छ,’ ती अनुसन्धान अधिकृतले सुनाए। उनीहरू एक जनाले २ सय वटासम्म डिजिटल वालेट एकाउन्ट खुलेको अनुसन्धानमा खुलेको छ।त्यसपछि वान एक्स बेट मार्फत बाजी गर्न चाहने व्यक्तिले एकाउन्ट खोलेपछि एजेन्ट मार्फत क्यास म्यानेजरसम्म पुग्ने गर्छन्। क्यास म्यानेजरसम्म रकम पुर्‍याएर एकाउन्टमा पैसा हाल्ने काम हुन्छ। त्यसरी ग्राहकले खोलेको एकाउन्ट पैसा हाल्ने र झिक्ने काम तीनै एजेन्टले गर्ने गरेका छन्।’१०/ १२ लाख रुपैयाँ जितेपछि सिधै पैसा निकाल्न मिल्दैन। त्यसको लागि एजेन्टसँग सम्पर्क गर्नुपर्ने हुन्छ। कतिले त विभिन्न बहाना बनाएर पैसा नदिने र एकाउन्ट नै डिएक्टिभेट गरेको गुनासो पनि भेटियो,’ अनुसन्धान अधिकृतले सुनाए।

तर नेपाल अनलाइन जुवा अवैध गएकाले पीडित भएका व्यक्तिहरू प्रहरी कहाँ पुग्ने गरेका छैनन्। प्रहरीले अनुसन्धानको क्रममा खुल्न आएका ४ सय ८४ वटा विभिन्न सेवा प्रदायका डिजिटल वालेटको कारोबार रोक्का राखेर अनुसन्धान गरिरहेको छ।नेपालमा एजेन्टहरूलाई कन्ट्रोल गर्ने अर्को मुख्य व्यक्ति पहिचान गरेर खोजी गरिरहेको छ। केसी थर भएका एक युवकलाई एजेन्ट परिचालन गर्ने गरेको खुलेको हो। वान एक्स बेट सञ्चालन गर्ने गिरोहले एक एजेन्ट र अर्को एजेन्टसँग सम्पर्क भने गराउँदैन।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh