मोरङ। मोरङको बिराटनगर महानगरपालिका-१६ दरैया स्थितबाट अवैध लत्ताकपडा र खाद्यान्न प्रहरीले बरामद गरेको छ ।

हिजो साउन १० गते बेलुका साँढे ७ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैधरुपमा भन्सार छली गरी नेपाल तर्फ आउदै गरेको अवस्थामा बरामद गरिएकाे हाे ।
मे.१ च २२८६ नम्वरको मारुती भेनमा करिब ५ लाख १३ हजार ७ सय मूल्य बरावरको बिभिन्न किसिमका लत्ताकपडा र खाद्यान्नसहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थित रानी बस पार्कबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको ७६ हजार ९ सय बरावरको खाद्यान्न र विभिन्न किसिमका कपडा बरामद गरेको प्रहरीले जानकारी दिएकाे छ ।

















